arrow

पोखरामा पनि बम भएको आशङ्का

logo
सरिता तिम्सिना पंगेनी
प्रकाशित २०७४ फागुन ८ मंगलबार
bomb.jpg

पोखरा । कास्कीको पोखरामा पनि बम भएको आशङ्कामा सेनाको डिस्पोजल टोली पुगेको छ । 

पोखराको नागढुङामा सडकमै बेबारिसे झोला भेटिएपछि बम भएको शंकामा सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको हो । 

उक्त वस्तु सेनाले डिस्पोज गर्र्दैछ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आब्हान गरेको नेपाल बन्दका क्रममा तर्साउनका लागि मुलुकका विभिन्न ठाउँमा बम राखिएको छ । 

यो वस्तु पनि विप्लव नेकपाले राखेको आशङ्का गरिएको छ । 

यो वस्तु देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । 

स्थानीयमा त्रास छाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ