arrow

 पाल्पा महोत्सवमा ५ दिनमै नाघ्यो लाख दर्शकको संख्या, ५.५ करोडको कारोबार

logo
 रामचन्द्र रायमाझी 
प्रकाशित २०७४ फागुन ८ मंगलबार
palpa-mahotsav.jpg

पाल्पा । तानसेनको टुँडिखेल मैदानमा जारी पाल्पा महोत्सवको पाँचौ दिनसम्म करिव एक लाख  दर्शकले महोत्सव अवलोकन गरेका छन् । 

महोत्सवमा यो अवधिमा ५ करोड ५० लाखको  कारोवार भएको  आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले बताए  । 

पाँचौं दिनसम्म आइपुग्दा सबैभन्दा बढी लत्ताकपडा र होटल रेष्टुरेण्डको कारोवार भएको पाण्डेले जानकारी दिए । 

अन्य फुटकर सामाग्रीहरुको व्यापार पनि  उल्लेख्य रहेको पाण्डेले हाम्रा कुरा सँगको कुराकानीमा जानकारी गराए । 

पहिलो दिन उद्घाटन सत्र भएकाले टिकट निःशुल्क थियो भने, दोस्रो दिनदेखि दर्शकको घुँइचो टिकट काउण्टरमा समेत थियो । 

पाँचौ दिन टिकट काउण्टरबाट मात्रै २५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको टिकट छपाई, विक्री व्यवस्थापन उपसमितिका संयोजक उत्तम कुमार बजा्रचार्यले बताउनुभयो । उनका अनुसार यो सबै भन्दा बढी टिकट वितरण भएको हो ।  

महोत्सव आगामी फागुन १३ गते सम्म चल्नेछ । महोत्सव अवधिभर तीन लाख दर्शक भित्याईने र १० करोडको कारोवार गर्ने लक्ष्य आयोजकले लिएको छ । 

महोत्सवको सुरुवाती चरणमा  दर्शकहरु केही कम भए पनि पछिल्ला दिनहरुमा दर्शक बढ्दै गएको आयोजकले जनाएको छ । 

अझै कयौं चर्चित कलाकारहरुको प्रस्तुती बाँकी नै रहेकोले दर्शक अझै बढ्ने साँस्कृतिक संयोजक शैलेन्द्र भट्टराईले बताए  ।  

“पाल्पामा कृषि , पर्यटन, उद्योग र व्यापार , अवसर र संभावना छ अपार” भन्ने मूल नारा सहित  पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा  फागुन ३ गते  देखि तानसेनको टुँडिखेल मैदानमा प्रदेशस्तरिय बाह्रौं पाल्पा महोत्सव २०७४ सञ्चालन भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ