arrow

बढ्यो सक्रियताः चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री र प्रचण्डबीच भेटवार्ता, पार्टी एकताको स्वागत

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
prachanda-china1.jpeg

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाउ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान भएको भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको थियो ।

भेटका अवसरमा येझाउले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि भएको ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राखेका थिए । 

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको बताए । 

अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यका साथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए । 

चीन सरकारसँग यसअघि भएका सम्झौताहरुलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । 

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उनले बताए । 

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपती शी जिनपिङले लेखेको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ