arrow

प्रदेश २ को पहिलो निर्णय बिरुद्धै सर्वोच्चमा रिट, मुख्य न्यायाधिवक्ता झाको नियुक्ति खारेजीको माग

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
dipendra-jha.jpg

काठमाडौं । योग्यता नपुगेको व्यक्तिलाई प्रदेश २ को मुख्य न्यायाधिवक्ता नियुक्त गरेको भन्दै  प्रदेश नम्वर २ को सरकार विरुद्ध सर्वोच्चमा रिट परेको छ । योग्यतै नपुगेका व्यक्तिलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेको भन्दै अधिवक्ता द्वय मधुकर पाठक र डिल्ली प्रसाद न्यौपानेले मंगलवार प्रदेश नम्वर २ को सरकार विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् ।

आइतवार प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले  अधिवक्ता दीपेन्द्र झालाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए । मुख्य न्यायाधिवक्तामा नियुक्ति पाएका झाले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।

संबिधानको धारा १६० को उपधारा ३ ले प्रदेशको मुख्य न्यायाधिवक्ता बन्न उच्च अदालतको न्यायाधीश सरहको योग्यता भएको हुनुपर्ने उल्लेख गरेको छ ।

संविधानको धारा १४० को उपधारा २ बमोजिम उच्च अदालतको न्यायाधीश बन्न १० वर्ष निरन्तर अधिवक्ताको रुपमा काम गरेको हुनुपर्ने उल्लेख छ । अधिवक्ता दीपेन्द्र झाले १३४६७ नं. रहेको अधिवक्ताको प्रमाणपत्र २०६८ साल साउन १ गते पाएका हुन् ।

झालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुख्य न्यायाधिवक्तामा नियुक्त गर्न मुख्यमन्त्री राउतलाई दवाव दिएका थिए । मुख्यमन्त्री राउत संघीय फोरमका नेता हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ