arrow

फिदिममा अन्तराष्ट्रिय केःलाङ महोत्सव सुरु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७४ फागुन ८ मंगलबार
kelang_photo.jpg

पाँचथर ।  पाँचथर सदरमुकाम फिदिममा आइतबार देखि अन्तराष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव सुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र बिकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव सुरु भएको हो ।

महोत्सव अन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका च्याब्रुङगे टोलीहरुलाई लाम्दाक अर्थात् स्वागत गर्ने क्रम जारी छ । महोत्सवको  प्रदेश नम्बर एकका प्रदेश प्रमुख डाक्टर गोविन्द बहादुर तुम्बाहाम्फेले उद्घाटन गरेको महोत्सव मूल समारोह समितिका अध्यक्ष मन कुमार केरुङले बताए ।

महोत्सवमा लिम्बू जातिको मौलिक भेषभूषा, परिकार, फोटो र पुस्तकहरुको स्टल समेत रहने जनाइएको छ । त्यस्तै केःलाङ र केसामबारे कार्यपत्र प्रस्तुती र छलफल समेत हुने बताइएको छ । महोत्सवमा कम्तिमा करीब एक हजार च्याब्रुङ प्रदर्शनी गरिने महोत्सव मूल समारोह समितिका सचिव मधुराज केरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ