arrow

बुद्धस्थलको बिकास हुन्छ : मुख्यमन्त्री पोख्रेल

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ फागुन ८ मंगलबार
shankar-pokhrel-1.jpg.jpeg

कपिलवस्तु ।  विकासमा पछाडी परेको कपिलवस्तु जिल्लालाई पर्यटकिय हिसावले विकास गर्ने प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले  बताएका छन् ।

बुद्धस्थल प्राचिन कपिलवस्तुको  तिलौराकोट अवलोकनका लागी  कपिलवस्तु  आएका मुख्य मन्त्री पोख्रेलले सञ्चारकर्मी सँग कुरा गर्दै हाल बुद्धस्थल तिलौराकोटमा बिभिन्न उत्खनन र अन्बेषण भै रहेको सन्दर्भमा सोको सिफरिसका आधारमा प्रदेश सरकारले कपिलवस्तुको बिकासका लागी योजना बनाउने बताए ।

बुद्धस्थल राज्यकै लागी महत्वपुर्ण संपदा रहनुका साथै बुद्धकालिन समय भन्दा पनि पुरानो ईतिहास बोकेको स्थानको बिकास पहिलो प्राथमिकतामा रहने उनले बताए । बिश्वभरका बबुद्धमार्गीका लागी अध्ययनको बिषयवस्तु सगै पुरातात्विक र पर्यटकियस्थलको रुपमा बिकास गर्न आफुहरु तत्पर रहेको उनले बताए । बुद्धस्थल तिलौराकोट आएका मुख्यमन्त्री पोख्रेलले पश्चिमीद्धार, मुख्य दरबार क्षेत्र, पुर्विद्धार, उत्तरी सुरक्षा पर्खाल र उत्खननको उपलब्धी बारे जानकारी लिएका थिए ।

 मुख्यमन्त्री पोख्रेललाई पुरातत्व बिभागका पुर्व महानिर्देशक कोष प्रसाद आचार्य, उत्खननमा संलग्न बेलायतको दरहाम बिश्वबिधालयका सह उपकुलपति प्रोफेसर डाक्टर रबिन कनिङ्घम लगायतले उत्खननको उपलब्धी बारे जानकारी दिएका थिए । टोलीमा मुख्यमन्त्री पोख्रेल सगै एमालेका प्रदेशसभाका प्रमुख सचेतक भुमिश्वर ढकाल, प्रतिनिधी सभा सदस्य  सांसद बृजेश कुमार गुप्ता , प्रदेशसभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव ,विष्णु पन्थी, अर्जुन केसी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखको सहभागीता रहेको थियो ।

 बुद्धस्थल तिलौराकोट गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी तथा बुद्धले बाल्यकालको २९ बर्ष बिताएको स्थानको रुपमा परिचित छ । टोलीले कपिलवस्तु संग्राहलय, निग्लिहवाकोट र जगदिशपुर तालको अवलोकन गरेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ