arrow

राष्ट्रपतिद्वारा राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
sital-niwas-new-pic.jpg.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गरेकी छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई सोमवार  मनोनयन गरेकी हुन् ।  

मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ