arrow

ट्रम्प पुत्र भारत भ्रमणमा, जग्गा सम्बन्धी कारोबार गर्ने

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत आइपेगेका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनि सहभागी हुने भ्रमण तालिका रहेको छ । उनले भारतका अन्य सहरहरुको पनि भ्रमण गरेने छन् ।
 
राष्ट्रपति पुत्र ट्रम्पले भारतमा जग्गाको कारोबार सम्वन्धी दुई वटा परियोजना सुरु गर्ने भएका छन् ।  राजधानी नयाँदिल्लीसँगै रहेको गुरगाउँ र कोलकत्तामा त्यस्ता परियोजना सुरु गर्न लागेका हुन् ।
 
भ्रमणका क्रममा उनले भारतका कोलकत्ता, मुम्बई, पुणे र गुरगाउँमा भारतीय लगानीकर्ताहरु र व्यापारिक अगुवाहरुसँग भेटवार्ता गर्नेछन् ।  

“अमेरिकी राष्ट्रपति ट्रम्पपुत्रको यो व्यक्तिगत भ्रमण हो, त्यसैले भारत सरकारले पनि उनलाई त्यही अनुसारको व्यवहार गरेको छ,” एक अधिकारीले भने । सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ