arrow

दाहालको अध्यक्षतामा संघीय संसदीय पत्रकार मञ्च

logo
प्रकाशित २०७४ फागुन ८ मंगलबार
pradesh-3.jpeg

हेटौंडा । पत्रकारलाई संघीय संसद तथा प्रदेशसभाको रिपोर्टिङमा सहजीकरण गर्ने उद्देश्यका साथ हेटौंडामा संघीय संसदीय पत्रकार मञ्च  गठन भएको छ ।

तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा मंगलबार भएको पत्रकारको भेलाले गोरखापत्र दैनिकका संवाददाता राममणि दाहालको अध्यक्षतामा ९ सदस्यीय मञ्च गठन गरेको हो । जसको उपाध्यक्षमा कान्तिपुर दैनिकका नगेन्द्र अधिकारी र सचिवमा साझाकुरा दैनिकका केशब समर्पण रहेका छन् । तु–खबर डटकमका कार्यकारी सम्पादक चन्द्र घलान सहसचिव र रेडियो थाहा सञ्चारकी सिर्जना नेपाल कोषाध्यक्षमा चयन भएकी छन् । मञ्चको सदस्यहरुमा नयाँ पत्रिका दैनिकका संवाददाता सुदिप शिवाकोटी, नागरिक दैनिकका संवाददाता अशोक सुजन श्रेष्ठ, प्रदेश दैनिकका संवाददाता प्रमोद अर्याल र रेडियो ताम्सालिङका दिलबहादुर लामा रहेका छन् ।

भेलामा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, उपाध्यक्ष कुमार अधिकारी, प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, प्रेस युनियन मकवानपुरका अध्यक्ष रुपेश दुलाल, प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष नानीमैयाँ विष्टलगायतको सहभागिता रहेको थियो ।

 मञ्चले केही समयमा नै केन्द्रीय मञ्चसँग छलफल गरी पत्रकारलाई संसदीय रिपोर्टिङ सम्बन्धी तालिमको आयोजना गर्ने निर्णय गरेको छ । प्रदेशसभा सचिवालयसँग समन्वय गरी पत्रकारलाई संसदीय रिपोर्टिङमा सहजीकरण गर्नलाई आगामी दिनमा मञ्चले भूमिका खेल्ने नवनिर्वाचित अध्यक्ष राममणि दाहालले बताए ।

मुलुक संघीयतामा गइसकेपछि प्रत्यक प्रदेशमा संसदीय अभ्यास हुने भएकाले त्यसको लागि पत्रकारको दक्षता, क्षमता अभिवृद्धि तथा अन्य सहयोगको लागि मञ्च गठनको आवश्यकता परेको हो । यसअघि केन्द्रीय राजधानीमा मात्र गठन भएको मञ्चको तीन नम्बर प्रदेशको राजधानी हेटौंडामा पहिलो शाखा विस्तार गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ