arrow

अवहेलना मुद्दामा डा केसीको पेशी फागुन १५ मा

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
Govinda-kc-new-photo.jpg.jpeg

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुझेका छन् ।  

डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ । 

डा केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए ।

न्यायालयको शुद्धीकरणका लागि आफूले यो कदम चाल्नुपरेको डा केसीको भनाइ छ । सर्वोच्च अदालतको गत पुस २६ गतेको आदेशअनुसार डा केसी मंगलबार अदालतमा हाजिर हुन पुगेका हुन् । 

अदालतले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको रोहबरमा अदालतमा उपस्थित गराउने गरी डा केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । 

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत काम गरेको अभिव्यक्ति दिएर अनशन शुरु गरेपछि अदालतले अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । 

मंगलबार अदालत पुग्ने क्रममा डा केसीका समर्थकले पराजुलीविरुद्ध मुद्दा लगाउँदा १२ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ