arrow

अस्पतालमै बच्चा ‘साटियो’ 

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
birjung-hospital.jpg

वीरगन्ज । बच्चा साटेको भन्दै सुत्केरी र उनका आफन्तले विरोध गर्दा नारायणी उपक्षेत्रीय अस्पताल तनावग्रस्त भएको छ । वीरगन्ज महानगरपालिका–२६ की सनिता देवीलाई प्रसव पीडाले च्यापेपछि अस्पताल लैजाँदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी थिइन् ।

‘बाटोमै बच्चा जन्मिए पनि सरसफाइ र सालनाल काट्नका लागि सुत्केरी र शिशुलाई अस्पताल ल्यायौंँ,’ सनिताका बाबु इंगरासन राउत कुर्मीले भने, ‘सरसफाइपछि नर्सले बच्चा साटेर ल्याइन् ।’ 

कुर्मीका अनुसार जन्मिँदा छोरा थियो, तर अस्पतालले छोरी जिम्मा लगायो । ‘नाति जन्मेको खबर सबै आफन्तलाई फोनमार्फत सुनाइसकेको थिएँ,’ उनले भने, ‘ईरिक्सा चालकलाई समेत ६ सय रुपैयाँ मिठाई खान दिएको थिएँ ।’

 बच्चा साटिएको भन्दै आफन्तले गरेको विरोध प्रदर्शनले मंगलबार दिनभर अस्पताल तनावग्रस्त बनेको थियो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकले बच्चा नसाटिएको दाबी गर्दै भने, ‘पीडितले उजुरी दिए बच्चा र आमाको डीएनए परीक्षण गर्न तयार छौँ, सीसीटीभी फुटेजबाट अनुसन्धान पनि भइरहेको छ ।’ 

सोही अस्पतालमा चिकित्सकको लापरबाहीले गर्भमै शिशुको मृत्यु भएको आरोपमा पीडित पक्षले मंगलबारै ओपीडीमा तालाबन्दी गर्दै टायर बालेर प्रदर्शन गरेको थियो । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ