arrow

नेपालका ‘सिरियल किलर’ कतारबाट पक्राउ

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
qatar.jpg.jpeg

काठमाडौं । नेपालमा शृंखलाबद्ध हत्या गरी फरार अभियुक्त सकिल हुसेन कतारमा पक्राउ परेका छन् । इन्टरपोलमार्फत रेडकर्नर नोटिसमा परेका टिकुलिया–७ सप्तरीका सकिल ४ वर्षअघि कतार पुगेका थिए ।

प्रहरीका अनुसार हुसेनले २०६४ देखि ०७० सम्ममात्रै सुनसरी र सप्तरीमा ८ जनाको हत्या गरेका थिए । हत्याका अरू थुप्रै घटनामा उनको संलग्नता रहेको प्रहरीको दाबी छ ।

उनले ०७० मंसिर ४ मा सप्तरी जन्डौलकी दुलारीदेवी साह र ०६९ असोजमा सप्तरीकै सहबुद मियाँ र उनकी बुहारी सगिरा खातुनको हत्या गरेका थिए । ०७० चैत २ मा सप्तरीकै त्रिकोलकी निर्मलादेवी साहको हत्यामा पनि सकिलको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

०६४ वैशाख २६ मा हुसेन सप्तरी मल्हनियाका आरुल मियाँको हत्या अभियोगमा ०६८ मंसिरमा पक्राउ परेका थिए । 

राजविराज कारागारमा राखिएका उनी २६ माघ ०६८ मा पुनरावेदन अदालत राजविराजको आदेशले थुनामुक्त भएका थिए । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ