arrow

चेल्सी र बार्सिलोनामा को अब्बल ? खेले बराबरी, गोल मेस्सीकै

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
messi7.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको प्रिक्वाटरफाइनलमा इंगलिस क्लव चेल्सी र स्पेनिस क्लव बार्सिलोनाले १–१ गोलको बराबरी खेलेका छन् ।

मंगलबार राति चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको पहिलो लेगेको खेलमा चेल्सीका विलियनले ६२ मिनेटमा गोल गरे । १–० ले पछि परेको बार्सिलोनाका लियोनल मेस्सीले गोल फर्काउँदै खेल बराबरी गरे ।

एन्द्रेस क्रिस्टेन्सेन्सले गलत पास दिएपछि त्यही कमजोरीको फाइदा उठाउँदै मेस्सीले ७५ औं मिनेटमा गोल गरेका थिए । 

त्यसपछि पनि गोल गर्ने प्रयास बार्सिलोनाले गरेको थियो । तर सो क्रममा लुइस सुवारेजले नै पहेंलो कार्ड खान पुगे । 

दोस्रो लेगको खेल मार्च १४ मा बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुनेछ ।

मंगलबार राति भएको अर्को खेलमा जर्मन क्लब बायर्न म्युनिखले टर्किस क्लव बेसिक्तासलाई ५–० को विशाल अन्तरले हरायो ।

आफ्नै मैदानमा बायर्न म्युनिखलाई विजयी गराउन रोबर्ट लेवान्डोस्की र थोमस मुलरले २–२ र किङ्ग्सले कोम्यानले १ गोल गरे । 

 

The Argentine international was left with a simple finish after the Chelsea defence gave the ball away in a dangerous area

Chelsea players look on with dejected looks on their faces after conceding their one-goal advantage on Tuesday evening

Chelsea's Brazilian star Willian slides on his knees in celebration after giving the London team a 1-0 lead over Barcelona

Chelsea's No 22 is joined by his Chelsea team-mates by the corner flag after scoring the opening goal of the two-legged tie

 

Barcelona goalkeeper Marc-Andre ter Stegen watches as a shot from Chelsea attacker Willian crashes against the goalpost



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ