arrow

प्रचण्डले हेडक्वार्टर बैठक स्थगित गरे, वुधबारको समय मन्त्रीको योग्यता सुनाउनै ठिक्क !

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
prachanda-cm.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वुधबार बस्ने भनिएको केन्द्रीय कार्यालयको बैठक स्थगित गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वुधबार विहान झण्डै तीन घण्टा लामो छलफल गरेपनि माओवादी केन्द्रले पाउने मन्त्रालयको टुंगो लाग्न नसकेपछि दाहालले बैठक स्थगित गरेका हुन् ।

ओलीसँगको कुराकानीले माओवादी केन्द्रले पाउने मन्त्रालयको बाँडफाँट टुंगिने र  त्यसपछि केन्द्रीय कार्यालयको बैठक डाकेर मन्त्रीको नाम पठाउने सोचिरहेका दाहालको दौडधुप लम्बिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वुधबार विहान झण्डै तीन घण्टा भएको वार्तामा मन्त्रीको संख्या १८ भन्दा बढी नबनाउने सहमति भएपनि दुबै नेताले केन्द्र सरकारमा रहने मन्त्रालयको नाम र संख्या टुंगो लगाउन सकेनन् ।

अन्ततः दिउँसो ३ बजेका लागि डाकिएको बैठक स्थगित भयो । ओलीनै मन्त्रालयको संख्या कति बनाउने भन्नेमा प्रष्ट भएका छैनन् । अधिकार सम्मन्न प्रशासन सुधार आयोगले दिएको सुझावका आधारमा सामान्य प्रशासन मन्त्रालयले केन्द्रमा १५ मन्त्रालय रहने भनि प्रधानमन्त्री कार्यालयलाई प्रस्ताव पठाएको थियो । यद्यपि, ओलीले त्यसलाई संशोधन गरेर १८ बनाउने सोंच राखेको बताइँदै छ ।

त्यसका लागि संशोधन प्रस्ताव समेत तयार भएको बताइएको छ । यद्यपि, ओलीले मन्त्री भने २० भन्दा नबढाउने बताइरहेका छन् । दुई पार्टीको एकता हुने भनिएपछि दुबैतिरका आकांक्षी धेरै छन् । संविधानमै २५ सदस्यी मन्त्रिपरिषद गठन गर्न पाउने उल्लेख छ । 

प्रचण्डले सुनाए मन्त्रीको योग्यता
माओवादी अध्यक्ष दाहालले सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लगाउनु अघि मन्त्रीको योग्यता सुनाएका छन् । पार्टी नेताहरुसँगको अनौपचारिक बैठकमा दाहालले समृद्धि र विकासमा नतिजा दिनसक्ने योग्य, दक्ष र प्रतिबद्ध नेता सरकारमा सहभागी हुने सुनाए ।

निजी निवासमा पार्टीका नेताहरुसँग दाहालले  केपी ओली नेतृत्वको सरकारमा जाने मन्त्रीबारे कुरा गरे । उनले बैठकमा प्रधानमन्त्री ओलीसँग ‘एक्ला एक्लै’ कुरा गरेपछि सके वुधबारै नभए विहिबारसम्म पार्टीका तर्फबाट सरकारमा सहभागी नेताको नाम टुंगाइनेछ, भने ।

कति मन्त्रालय र कुन मन्त्रालय पाउने भन्ने अझै टुंगिएको छैन, उनले भने, ‘ प्रधानमन्त्री ओलीसँग कुरा गरेपछि थप छलफल गरेर नाम टुंगाउनुपर्छ ।’ यस्तै, उनले प्रधानमन्त्री ओलीसँग राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखका विषयमा पनि कुरा हुन्छ, भनेका छन् ।

सके एकै चरणमा र नसके चरण–चरणमा नेताहरुलाई मन्त्रिपरिषदमा सहभागि गराउने दाहालको भनाई छ । सरकारको नेतृत्व रामबहादुर थापाले गर्ने लगभग पक्का भएको छ । माओवादीमा पनि मन्त्रीका आंकाक्षी धेरै छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ