arrow

डा. केसीले आफ्नो नागरिकता सार्वजनिक गरे

logo
हाम्रा कुरा
प्रकाशित २०७४ फागुन ९ बुधबार
dar._kc_.PNG

काठमाडौं । केही पत्रपत्रिकाले आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठाएर समाचार लेखेपछि डा.गोविन्द केसीले आफ्नो नागरिकताको प्रमाणपत्र सार्वजनिक गरेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा वुधबार पत्रकार सम्मेलन गरेर डा. केसीले नागरिकताको प्रमाणपत्र सार्वजनिक गरेका हुन् ।

नागरिकताको प्रमाणपत्र सार्वजनिक गर्दै केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपि लिएको बताएका छन् ।

उनले नागरिकता र प्रमाणपत्र सबै पत्रकारलाई देख्ने गरी प्रदर्शीत गरे भने, नागरिकताको प्रमाणपत्रको फोटो समेत खिच्न दिएका छन् । केसीले केही पत्रपत्रिकाले केसीको नागरिकताको प्रतिलिपिबारे प्रश्न उठाएर समाचार प्रकाशित गरेकाले आफुले कसैलाई भ्रम नहोस् भनि सार्वजनिक गरेको सुनाए ।

उनले केही दिन पहिले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपि मागेका थिए । उनले ति प्रतिलिपि सर्वोच्चबाट प्राप्त गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ