arrow

राष्ट्रपतिविरुद्ध तरुण दल सडकमा

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
tarun.PNG

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसको भ्रातृ संगठन तरुण दल राष्ट्रपतिविरुद्ध सडकमा ओर्लिएको छ । पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपति भण्डारीले केपी ओली नेतृत्वको सरकारको सिफारिस सदर गरेपछि तरुण दल सडकमा देखिएको हो ।

वुधबार तरुणहरुले, राष्ट्रपति कार्यालय शितल निवास बाहिर प्रदर्शन गरे । कांग्रेस नेतृत्वको सरकारले गरेको सिफारिस रोकेर राष्ट्रपतिले स्वेच्छाचारी निर्णय गरेको भन्दै काँग्रेसका तरुणहरुले दलीय स्वार्थ प्रेरित निर्णयको विरोध गरेका हुन् ।

शितल निवासतिर फर्केर सडकमा नारा लगाएका तरुणहरुका बीचमा अध्यक्ष जीतजंग बस्नेतले भने, ‘संविधानको संरक्षकले नै एउटा राजनीतिक पार्टीको कोठे अध्यारोमा बसेर गरेका यस्ता खाले असंवैधानिक निर्णयहरु तुरुन्त सच्याउन माग गर्दछौँ । संविधानको अध्ययन नगरि लिइएको निर्णय सच्याउन सजिलो होस भनेर अध्ययनका लागि संविधान ल्याइदिएका छौ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ