arrow

जर्मन राजदूत भन्छन्–नेपालले हाम्रो सहयोग सदुपयोग गरेको छ

logo
कुमोद अधिकारी,
प्रकाशित २०७४ फागुन ९ बुधबार
roland.PNG

विराटनगर । नेपालका लागि जर्मन राजदूत रोनान्ड सेफरले नेपालमा जर्मन सरकारले गरेको सहयोग  सदुपयोग भएको पाइएको बताएका छन् ।

विराटनगर महानगरपालिकामा आयोजित अन्तरक्रियामा बोल्दै उनले शिक्षा, स्वास्थ्य तथा उर्जा लगायतका क्षेत्रमा जर्मन सरकारले नेपाललाई सहयोग गरेको बताए ।

जर्मन सरकारले नेपालका ठूल–ठूला योजना निमार्णमा सहयोग गरेको राजदूत सेफरले बताए । उनले नेपालका अस्पतालहरुमा विग्रिएर थन्किएका एक्युमेन्ट मर्मतसंभारका लागि ७० करोड बजेट छुटयाएर एक्युमेन्ट मर्मतगरी पुर्णरुपले संचालनमा ल्याउने काम समेत गरेको बताए ।  

कार्यक्रमा वोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगर महानगरपालिकाले समबृद्धिको अभियानलाई अगाडी बढाईरहेकाले त्यसका लागि दातृ राष्ट्रको सहयोग अपरिहार्य रहेको बताए । पब्लिक पार्टनसिपको आधारमा विराटनगरमा विकास निमार्णको कामलाई अगाडी वढाएको मेयर पराजुलीले जानकारी दिए ।

राजदुत सेफरले विराटनगरस्थित कोशी अन्चल अस्पताल तथा जर्मन सरकारको सहयोगमा महानगरपालिकाले निमार्ण गर्दै आएको विराटनगरको वसपार्कको समेत निरीक्षण गरे । साढे आठ करोडको लागतमा वसपार्क निमार्ण भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ