arrow

प्राचिन कपिलवस्तु महोत्सवको तयारी  तिव्र

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७४ फागुन ९ बुधबार
kapilvastu-mela.jpg

कपिलवस्तु।“प्राचिन कपिलवस्तु बुद्धको शान्ति देश, विश्वभरी फैलियोस् यही नै सन्देश” “कपिलवस्तु जिल्लाको सम्रग विकासको आधार धार्मीक स्थलहरुको प्रर्वद्धन, पर्यटन, कृषि उद्योग र व्यापार”भन्ने मुल नाराका साथ  पाचौ प्राचिन कपिलवस्तु महोत्सव संचालन हुन लागेको छ। उक्त महोत्सवलाई सफल पार्नको लागी सचिवालय समितिले तयारीलाई तिव्र बनाएको छ।

फागुन २० गते देखी  ३० गते सम्म तौलिहवा स्थित बुद्ध पद्यम उच्च माविको खेल मैदानमा हुदैछ। महोत्सवले मुख्य गरेर स्थानीय स्तरमा रहेको कला सस्कृती तथा बुद्ध स्थलहरुको पर्यटन प्रचार प्रसार गर्ने र जिल्लामा उप्तादित कृषि तथा घरेलु उत्पादनहरुको प्रवद्र्धन गर्ने मुख्य उदेश्य रहेको  महोत्सवका संयोजक एवं तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी“ दिपु” ले जानकारी दिए। 

विगतका राम्रा पक्षलाई निरन्तरता दिदै विशेष गरी पर्यटन प्रर्वद्धन हुने तथा स्थानीय हस्तकलाहरुको प्रदर्शन गर्ने र जिल्लामा अझै लुकेर रहेका संस्कृतिहरुको पहिचान गरी उजागर गर्ने र कृषि उत्पादनहरुको प्रर्दशन गर्ने जस्ता पक्षहरु समेटेर महोत्सव संचालन हुने बताइएको छ। 

सह आयोजजको रुपमा कपिलवस्तु नगरपालिका रहेको छ। नगरपालिकाका जनप्रतिनिधी तथा नगरवासी र जिल्लाका राजनैतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएकाछन्। त्यसका साथै ३१ वटा विभिन्न उप समिति निर्माण गरी सचिवालयले कार्य सूरुवात गरेको छ। महोत्सवमा १ सय ५० भन्दा वढि स्टलहरु रहने छन्। विभिन्न उप समितिले निरन्तर कार्य गरेको हुदा हालसम्म ५० प्रतिशत कार्य सम्पन्न भएको संघका महासचिव अर्जुन चापागाईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ