arrow

पहिलो पटक अर्जुनधारा राजपत्र सार्वजनीकरण

logo
सागर गौतम,
प्रकाशित २०७४ फागुन ९ बुधबार
Arjundhara_nagarpalika.jpg

झापा । झापाको अर्जुनधारा नगरपालिकाले नगरसभाबाट पारित नियमावली, निर्देशिका, कार्यिवधि मापदण्ड सहित अन्य सार्वजनिक महत्वका निर्णय तथा सूचना प्रथम अर्जुनधारा राजपत्रमा प्रकाशित गरिएको छ । नगर प्रमुख हरि कुमार रानाले प्रमाणीकरण गरिएका उक्त नियमावली नगरवासीलगायत सम्बद्ध सबैको जानकारीका लागि राजपत्रमा प्रकाशित गरिएको हो ।

शहीद पार्क सालबारीमा आयोजित नगरको प्रथम राजपत्र विवोचन कार्यक्रमका प्रमुख अतिर्थी समेत रहेका प्रदेश सासद बृख प्रधानले गरेका थिए । नगर उप–प्रमुख कमला खतिवडाले स्वागत राखेको कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष प्रेम सागर सापकोटा, नेकपा माओवादीका नगर इन्चार्ज भूपेन्द्र न्यौपाने, राष्टिय प्रजातन्त्र पार्टीका मान बहादुर कार्की, शैक्षिक अभियान्ता अर्जुन भट्ट, अग्रज पत्रकार दिपिन राई लगायतको आतिथ्यता रहेको थियो ।
 
नेपालको संविधान भाग १८ को स्थानीय व्यवस्थापिकाको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ उपदफा (४) मर्मलाई आत्मसाथ गदै अर्जुनधारा नगरपालिको नगरसभाबाट पारित विभिन्न ऐन, नियमावली, निर्देशिका र मापदण्ड, कार्यविधि, निर्णय तथा अन्य सार्वजनिक महत्वका निर्णय सूचनाहरु प्रकासन गर्ने बाञ्छनिय भएकाले राजपत्रमा प्रकासन गरिएको हो । 

नगरसभाबाट यसरी पारित ऐन, नियमावली, निर्देशिका, कार्यविधि नगर प्रमुखबाट २०७४ साल भदौ ५ गते प्रमाणीकरण भएको थियो ।  त्यसलाई अर्जुनधारा राजपत्रमा प्रकाशित गरिएको नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए । राजपत्रमा प्रकाशित भएसँगै स्थानीय कानून कार्यान्वयनमा आएको प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए ।

नगरसभाबाट पारित भएका ऐनहरु नगर प्रमुखले प्रमाणीकरण गरेपछि प्रमुख प्रशासकीय अधिकृतले राजपत्रमा प्रकाशित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । अर्जुनधारा राजपत्रमा बैठक सञ्चालन कार्यिवधि, नगरपालिकामा रहने विषयगत (शाखा, कार्यालय, उपशाखाको ईकाई) विवरण, विषयगत शाखाको कार्य विभाजन, वडा समितिाबाट सम्पादन हुने कार्य, पदाधिकारीको आचारसंहिता, नगर प्रमुख,उपप्रमुख, वडाअध्यक्ष तथा सदस्यहरुको काम कर्तव्य र अधिकार, विषयगत समितिको विवरण, कार्यसम्पादन, प्रमुखको कामको फछ्यौट, नगर कार्यपालिकाबाट गर्ने कामको फछ्यौट, विविध विषयहरु, नगर कार्यपालिकाको बैठकमा पेश गर्नुपर्ने विषयहरु, कार्यपालिका समितिको कार्यक्षेत्र, नियमावली र नगरसभा सञ्चालन कार्यविधि सहित स्थानीय कानुन निर्माण गर्ने प्रक्रिया समेत राजपत्रमा प्रकाशित गरिएको छ ।

अर्जुनधारा नगरपालिकाले नेपालको संविधान, २०७२ ले दिएको अधिकार क्षेत्रमा रही स्थानीय कानून निर्माण गरिएको जनाएको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसूची ९ मा साझा अधिकारहरुको सूची उल्लेख छ । स्थानीय कानूनका कुनै प्रावधान प्रदेश कानूनसँग बाझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानूनअनुसार हुने नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ