arrow

प्रदेश २ का मुख्य न्यायाधिवक्ता झाको पक्षमा उभिए बिमलेन्द्र निधि

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
bimalendra_nidhi_647_082016021940.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले प्रदेश २ मा प्रमुख न्याधिवक्ता नियुक्ति गर्ने कार्य सम्बन्धित सरकारको रहेको बताएका छन् । प्रमुख न्यायधिवक्ताको योग्यतालाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेका बेला उनले प्रदेश सरकारको कामकारबाहीबारे कांग्रेसले अहिलेको अवस्थामा कुनै पनि नकारात्मक टिप्पणी नगर्ने उल्लेख गरे । उनले भने, ‘हामी प्रदेश २ को सरकारलाई समर्थन गर्न कांग्रेस तयार रहेको भनेका छौं ।’

संविधान संशोधनका विषयमा अधिवक्ता दीपेन्द्र झाले मधेसकेन्द्रित दलका तर्फबाट अन्य दलसँग मिलेर मतैक्य बनाउन गम्भीर गृहकार्य गरेको सम्झँदै उनले अधिवक्ता झा प्रमुख न्यायधिवक्ताका लागि योग्य र सक्षम व्यक्ति भएको बताए । ‘यतिबेला प्रदेश सरकारले थुप्रै कानुनी कामहरू गनुपर्नेछ । जसका लागि अधिवक्ता झा उपयुक्त पात्र हुन्,’ निधीले भने ।
 
उनले अदालतमा विचाराधीन मुद्दाको निपटारा अदालतले नै गर्ने तर आफू अधिवक्ता झाको कार्यकाल सफल रहने कुराको शुभेच्छुक भएको प्रस्ट्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ