arrow

चेतावनी सहित तरुण दलले राष्ट्रपतिलार्इ दियो संविधान उपहार, सांकेतिक अर्थ के ?

logo
प्रकाशित २०७४ फागुन ९ बुधबार
Tarun_dal.jpg

काठमाडौं । नेपाल तरुण दलले सांकेतिक रुपमा विरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक प्रति संविधान उपहार दिएको छ । बुधबार राष्ट्रपति विरुद्ध प्रदर्शन गर्दै राष्ट्रपति भवन शितल निवासमा पुगेको तरुण दलका युवाहरुले राष्ट्रपतिद्वारा चालिएको कदम संविधान विपरित रहेकोले त्यसैको सांकेतिक विरोध स्वरुप संविधान उपहार दिएको जनाएको छ । 

तरुण दल नेपालका अध्यक्ष जीतजंग बस्नेतले राष्ट्रपति भवन बाहिर तरुण युवाहरुलाई सम्बोधन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको कदमले कम्युनिष्ट अधिनायकबादको झल्को दिएको भन्दै त्यसको विरोधमा अब तरुण युवाहरु जागरुक हुनुपर्नेमा जोड दिएका छन् । उनले कम्युनिष्ट मिलेपछि सबै कुरा हुन्छ भन्ने भ्रम एमाले र माओवादीका नेताहरुमा रहेको भन्दै काँग्रेस सडकमा उत्रिन बाध्य भए कम्युनिष्टको सत्ता दुई महिनामा च्यूत गराईदिन सक्ने सामथ्र्य काँग्रेससँग रहेको दाबी पनि गरे । 

राष्ट्रपति कार्यालयका कर्मचारीहरुले संविधानको गलत अर्थ लगाएको वा अनर्थ लगाएकोले राष्ट्रपतिले गलत कदम चालेको हो कि भन्ने लागेकोले एक थान संविधान उपहार दिन लागिएको बस्नेतले जानकारी दिए । तत्कालीन देउवा सरकारले सिफारिस गरेका ३ जना राष्ट्रिय सभाका सदस्यहरुलाई ५ दिनसम्म मनोनीत नगरेर केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका ३ जनार्ल मनोनीत गरेपछि तरुण दलले राष्ट्रपतिको विरोध गरेको हो । 

अन्य देशमा संबैधानिक व्यवस्था अनुसार चित्त नबुझे प्रस्ताव फिर्ता गर्न सक्ने भएपनि नेपालमा त्यो अधिकार समेत राष्ट्पतिलाई नरहेको अध्यक्ष बस्नेतले बताए । तर, संविधानको व्यवस्था विपरित राष्ट्रपतिको यो कदमले कम्युनिष्ट अधिनायकबादलाई राष्ट्रपतिले समेत पश्रय दिएको आरोप बस्नेतको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ