arrow

फोरमलाई सरकारमा ल्याउने कसरत, ढिला भो सरकार बिस्तार

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
Singhadurbar-hamrakura-1.jpg.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन्। सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन्।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ। ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ। त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने।

एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ। छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए। फोरमले विगतदेखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो। स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन्।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने छलफल प्रारम्भिक चरणमै रहेकाले एमाले र माओवादीको धारणा प्रस्ट नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, ‘अहिले छलफल प्रारम्भिक चरणमै छ, संशोधनबारे उहाँहरूको कस्तो धारणा आउँछ, परिस्थिति सकारात्मक बने सरकारमा जाने हो, नत्र प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्छौं।’

फोरम सकारात्मक भएपछि मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो। फोरमलाई एउटा महत्वपूर्णसहित २-३ वटा मन्त्रालय छुट्याउनुपर्ने भएकाले विस्तारमा ढिलाइ भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ। फोरमसँगको वार्तापछि नेम्बाङले साँझ प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीले एमालेबाट २ र माओवादीबाट २ जनालाई बुधबार दोस्रो चरणमा मन्त्री बनाउने तयारी गरेका थिए। एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई तथा माओवादीबाट रामबहादुर थापा, मातृका यादव र पम्फा भुसालमध्येबाट मन्त्री बनाउने तयारी थियो। अन्नपुर्ण
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ