arrow

प्रधानमन्त्री ओलीलार्इ चीनबाट एउटी महिला डाक्टरको खुल्ला पत्र

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
oli_Dr._Rajan_.JPG

सम्मानीय प्रधानमन्त्री ज्यू
नेपाल सरकार
सिंहदरबार , काठमाडौं

सम्मानीय प्रधानमन्त्री ज्यू , विदेशी भूमिमा बसेर यो पत्र कोर्दै छु ।

२०४७ सालको राजनीति परिबर्तन पछि देशले कुनै पनि स्थिर सरकार प्रमुख पाएको थिएन तर अहिले नेपालको इतिहासमा पहिलो पटक नेपाली जनताले स्थिर सरकार बन्नको लागी वामगठबन्दनलाई बहुमतको साथ विजय गराएका छन । देशको नयाँ  संविधान अनुसार जनताले निर्वाचित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ४१औं प्रधानमन्त्रीका रूपमा तपाईलाई  सफल कार्यकालको हार्दिक बधाई तथा शुभकामना बेक्त गर्ने चाहान्छु ।  तपाईको नेतृत्वमा देशले विकास, समृद्धि  र सुशासन प्राप्त गर्ने छ भनेर आशा गरेको छु । साथै प्रधानमन्त्री  कार्यभार सम्हालेसँगै तपाईंसमक्ष अवसर र चुनुतीका चांगहरू प्रशस्तै देखिएका छन् ।

सिंहदरबारबाट अब राष्ट्र र राष्ट्रीयतालाई केन्द्र विन्दुमा राखेर काम गर्नुहोस ।  अब देश र जनताप्रति उत्तरदायी बन्नसक्नुभयो भने स्थायित्व , उन्नति र परिवर्तनले फड्को मार्ने समय लाग्ने छैन । देशप्रतिको स्वभिमान र राष्ट्रियताप्रतिको भावनालाई बुजेर काम गर्नु भयो भने देशले कोल्टो फेर्न सक्छ । कुनै राजनीति प्रभाव र दबाबमा आएर नेपालको राष्ट्रियता र स्वाभिमानलाई प्रत्क्षय असर पुराउने काम नगर्नु होला ।  म चाहन्छु कि तपाई आफनो खुट्टामा टेकेर राजनीति  गर्नुहोस , तपाईले दल भन्दामाथि सोचेर हिड्न सक्नु भयो भने तपाई अाफैले परिकल्पना गरेको नेपालको निर्माण गर्ने सक्नुहुने छ ।

तपाईकोसामु आन्तरिक मात्र होइन बार्हिय  चुनौती पनि उतिकै छ ।  विशेषगरि छिमेकी चीन र भारतले विकास  प्रविधिमा र अर्थतन्त्रमा जुन हासिल गरेका छन , त्यसबाट हामीले राष्ट्रियस्वार्थलाई हेर्दै दुई विशाल छिमेकीसँगको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने अवस्था आएको छ , जुन तपाईको लागि चुनौती देखिन्छ ।  साथै तपाईले हाम्रा देशका भुभागहरु छिमेकी र अरू कोही विरुध्द प्रयोग गर्न दिनुहुने छैन । मुलुकमा संघीयतालाई संस्थागत गर्नेदेखि नयाँ सरंचना र भौतिक पूर्वाधारको कुराहरु तपाईले अवसर र  चुनौतीको रूपमा गर्नुहुनेछ । तपाईले  विकाशको कुरालाई पहिलो  प्राथाकमिकतामा राख्न जरुरुत देखिन्छ जस्तैः  सुलभ स्वास्थ्य सेवा , शिक्षा , यातायातको व्यस्था, बिजुली , खाने पानी,र रोजगार  आदी जस्तो आधारभुत बिषय र भौतिक पूर्वधार निर्माणका कुराहरुमा ध्यान दिनु भयो भने  देश समृद्द हुनेछ । त्यसैगरी विदेश पलायन भयका लाखौं प्रतीभाशाली युवाहरुलाई स्वदेशमै फर्किने वातावरण सिर्जना गराई दक्ष जनशक्ति वा मानवीय पूँजीको स्वदेशमा लगानी  र रास्ट्रिय पुजीको निर्माण गराउन तपाईले  सक्नुपर्छ । 

अब तपाईले  देशको अर्थतन्त्रको  क्षमता अनुरूप नागरिकका सेवा , सुविधाको समान वितरण ब्यवस्थाको  खाका कोर्नु जरूरी छ अब पाँच वर्षको लागी बनें तपाईको  सरकारले राज्यलाई लोक कल्याणकारी राज्य ब्यवस्थामा ढाल्नु  अवाश्यक देखिन्छ ।  भ्रष्टाचारको अन्त्य  र सुशासनको प्रत्याभूति दिन सकियो भने मात्र पनी देशले ठूलो फड्को मार्नेछ ।  तपाईले स्वोदेश्मै उत्पादीत बस्तुहरुको बजार प्रबंधनमा ध्यान दिने,  रास्ट्रिय उधोगको बिकाश र बन्द  भएका उधोगको पुन सन्चालनका  साथै  राम्रो निजी आम्दानी भएक उधोगहरूलाई मापदण्ड अनुसार कर  तिर्ने  ब्यवस्था साथै  निजी क्षेत्र तथा  वैदेशिक लगानीको सुरक्षा अनि कृषिमा आधुनिक  प्रविधि प्रयोग गर्न सक्नु भयो भने देशले अार्थिक विकाश गर्न सक्छ ।

चुनावको बेला लगाएको   समृद्धि  र सुशासनको नारा पूरा गर्ने दायित्व तपाईको काँधमा आएको छ । तपाई जतिपनि देशको लागि खरो भएर उत्रिनु भएको छ नी तपाईले गरेको चुनावी वाचाले येथार्थमा परिवर्तन ल्याउन सक्नुभयो भने, तपाईंप्रति नेपाली जनताको सम्मान र विश्वास सदैव बढ्नेछ र तपाईको राजनीति कद अझै बढ्ने छ भन्ने कुरामा दुईमत नहोला ।  लोकतन्त्रका लागि खरीएको तपाईको ब्यक्तीतोले नाकाबन्दीको बेला ल्याएको अडानले धेरैको नजरमा जुझारु , राष्ट्रवादी र स्वाभीमानि नेताको छविमा पर्नु भएको छ ।

यो देशको युग बढल्नुहोस । येस्तो काम गर्नुहोस कि युगौ युगसम्म तपाईको विचार , धारण र सिदान्तलाई नेपाली जनताले सम्झीरहन सकून । तपाई येस्तो ठाउँमा पुग्नु भएको छ कि राष्ट्र निर्माणकोलागि चाहानु भयो भने देशको काँचुली फेर्न सक्नुहुन्छ ।

डा. राजन किशोरी के .सी
(महिला तथा स्त्री रोग ) विशेषज्ञ अध्यनरत
हाल चीन



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ