arrow

च्याम्पियन्स लिग: म्यानचेष्टरका गोलकिपर हिरो, रोमा शख्तरसँग पराजित

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
David_de_Gea.jpg

काठमाडौं। म्यानचेष्टर युनाइटेड र सेभिया बिचको खेल बराबरीमा सकिएको छ। च्याम्पियन्स लिगको राउण्ड अफ सिक्सटिन अन्तरगत यी दुई बिचको पहिलो लेगको खेल सेभियाको गृह मैदानमा भएको थियो। 

सेभिया पुरा आक्रमक मुडमा रहे पनि म्यानचेष्टरको डिफेन्सलाईनले गोल हुनबाट जोगाएको थियो। सेभियाको लगातारको आक्रमणलाई युनाईटेडका गोलकिपर डेविड डि गियाले निकै राम्रा र आकर्षक ढंगले बचाएका थिए। 

९० मिनेटको खेलमा म्यानचेष्टरका किपर साह्रै ब्यस्त बन्न परेको थियो। युनाईटेडले केही आक्रमण गरे पनि खासै असरदार थिएनन्।

दोस्रो लेग मार्च १३मा युनाईटेडको गृह मैदानमा हुनेछ। 

रोमा पराजित
ईटालियन क्लब रोमा शख्तर डोनेस्कसँग पराजित भएको छ। आफ्नो गृह मैदानमा खेलिरहेको युक्रेनी क्लब शख्तरसँग रोमा २-१ गोलेल पराजित भएको हो । 

खेलको ४१औं मिनेटमा रोमाका अण्डरले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहलो हाफमा अग्रता लिएको रोमालाई झट्का खेलको ५२औं र ७१औं मिनेटमा लागेको थियो। 

५२औं मिनेटमा फाकुण्डो फेरेयराले गोल गरेका थिए भने ७१औं मिनेटमा फ्रेडले दोस्रो गोल गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ