arrow

कर्मचारी ट्रेड युनियन खारेजीको लागि अदालतमा मुद्दा, शुक्रबारलाई पेशी 

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
suprem-court.jpeg

काठमाडौं। निजामती सेवामा ट्रेड युनियन खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा मुद्दा दायर भएको छ । अधिवक्ताद्वय रामशरण घिमिरे र पशुपतिनाथ बास्तोलाले कर्मचारी ट्रेड युनियनहरु राजनीतिक अखडा बाहेक केही पनि नभएको भन्दै यसको खारेजीको लागि माग गरेका हुन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालयलाई समेत विपक्षी बनाईएको छ । 

दुई वर्ष अघि मात्रै निजामती निजामती सेवामा ट्रेड युनियनको आधिकारिक चुनाव भएर ट्रेड युनियनको अधिकार स्थापित भएको छ । यसले पछिल्लो समय कर्मचारीको हक हितको लागि भन्दा पनि राजनीतिक झण्डामुनी बसेर राजनीतिक विचार बोक्ने बाहेक केही पनि नबनेको भन्दै उनीहरुले मुद्दा दायर गरेका हुन् । 

रिट निवेदकले संविधानको धारा ३४, १३७, २८५, ३०४ ९१० सँग निजामती सेवा ऐन २०४९ को दफा ५३ बाझिएकाले बदर गर्न परमादेश माग गरेका छन् । निजामती कर्मचारीले निजामती ऐन तथा नियमावलीले दिएको सुविधाबाहेक युनियनका नाममा देशको ढुकुटी रित्याउने, ट्रेड युनियनका नाममा थप सुविधा, गाडी, भत्ता लिने, आन्दोलनको बहानामा सौदाबाजी गर्ने गरेको रिटमा उल्लेख छ । रिटमा सुनुवाइका लागि ११ गते संवैधानिक इजलासमा पेसी तोकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ