arrow

हिमालयन ड्राईभ मोटर ऱ्यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
motor_Rally_chitwan.jpg

चितवन। हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर र्‍यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ । 

अन्तराष्ट्रिय स्तरको मोटर र्‍याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ र्‍यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको एक टोली भारत प्रस्थान गरेको हो । 

चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका कार्यक्रम संयोजक राजन पियाको नेतृत्वमा पत्रकार सम्मिलित १० सदस्ययी टोलीलाई एक कार्यक्रमका विच विदाई गरेको एसोसिएसनका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले जानकारी दिए । 

टोलीमा कार्यक्रम संयोजक पियासहित उद्योग बाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, सदस्यहरु सिद्धार्थलाल चुके, राजेन्द्र ओली,  एसोसिएसनका कोषध्यक्ष विमल कुमार पौडेल, राजेन्द्र गैर, रविन कुमार श्रेष्ठ, अमित कुमार श्रेष्ठ, भिमसेन श्रेष्ठ, अमृत श्रेष्ठ, प्रशान्तकुमार पिया, सरोज अर्यालसहित पत्रकारहरु राजेन्द्र आचार्य र विकास पौडेल सहभागी छन् । 

६ दिनसम्म तीन देशमा चल्ने र्‍याली याली फेब्रुअरी २३ मा भारतको सिलगुडीबाट सुरु भई २४ र २५ गते सौराहामा आई स्पेशल स्टेज कार्यक्रम र अफ रोड र्‍याली हुने श्रेष्ठले बताए । 

अफरोड र्‍याली अन्तर्गत २४ गते चितवनको सौराहा, बीसहजारी ताल, भरतपुर, नारायणगढ, दाहाखानी, पर्सा लोथर ड्याम हुँदै सौराहामा पुग्ने कार्यक्रम रहेको छ । २५ गते पुनः सौराहाबाट लोथर ड्याम हुँदै हेटौंडा, पथलैया, निजगड, इटहरी हुँदै र्‍याली भारतको बंगाल मूर्ति पुग्ने कार्यक्रम रहेको जानकारी दिए ।र्‍याली फेब्रुअरी २६ मा भुटानको फुङ्सोलिन पुग्नेछ भने २७ गते दाजलिङमा पुग्नेछ ।

ड्राईभ पर्यटन, सडक सुरक्षा तथा जनता–जनताबीचको सम्बन्धको उद्देश्यले र्‍याली आयोजना गरिएको बताउँदै आयोजकले र्‍याली मोटरिङ्गको अन्र्तराष्ट्रिय महासंघ फेडेरेसन इन्टरनेशनल डे अटोमोबाईलको मान्यता प्राप्त नेपालको एकमात्र इभेन्ट भएको बताएका छन्  ।

र्‍यालीमा १८ देखि १९ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको कार्यक्रम संयोजक पियाले बताए । र्‍यालीमा ६० वटा कारमा १२० जना प्रतिस्पर्धी हुनेछन् भने मेकानिकल, सञ्चारकर्मी, स्वयंसेवक र मार्शल गरी ८० जना सहभागी हुने जनाइएको छ । ती मध्ये १० वटा नेपालका र १० मध्ये पाँच वटा कार चितवनका हुने चितवन अटोमोवाईल एसोसिएसनका सचिव इन्द्र रेग्मीले जानकारी दिए । प्रतिस्पर्धामा पहिलो हुनेले एक लाख भारतीय रुपैयाँ, दोस्रो हुनेले ७५ हजार भारतीय रुपैयाँ र तेस्रो हुनेले ५० हजार भारतीय रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मोटर र्‍यालीले यहाँको पर्यटन क्षेत्रमा ठूलो आयाम थप्ने बताउदै र्‍यालीको चितवन संयोजक राजन पियालले नेपाली खेल पर्यटनमा मात्रै नभई व्यवसायिक तथा नागरिक तहको सम्बन्धमा ठूलो अर्थ राख्ने बताए ।

र्‍यालीका अवसरमा नेपालमा मात्रै उत्कृष्ट हुनेहरुलाई पनि पुरस्कार व्यवस्था गरिएको छ । नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको र्‍यालीका लागि जिल्लामा स्थानीय निकायसँग सहयोग र समन्वय गरिएको एसोसिएसनका जिल्ला सचिव रेग्मीले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ