arrow

बिहीबार बस्न नसकेको कांग्रेस कार्यसमिति बैठक आइतबार बोलार्इयो

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
nc-party-office.png

काठमाडौं । बिहीबार पौडेल पक्षीय नेताहरुको चेतावनी पछि स्थगित भएको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आईतबारको लागि बोलाईएको छ । काँग्रेस केन्द्रीय कार्यालय वीपी नगर ललितपुरले बिहीबार जारी गरेको विज्ञप्ती अनुसार फागुन १३ गते आइतबार विहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाईएको छ । 

वरिष्ठ नेता रामचन्द्र पौडेल र पार्टी महामन्त्री शंशाङ्क कोइराला लगायतले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएपछि देउवालाई अफ्ठ्यारो परेपछि बिहीबारको बैठक सरेको थियो।

पौडेल पक्षले बहिस्कार गर्ने बताएपछि उनले आफू निकटका नेताहरुसँग परामर्श गरेर बैठक स्थगित गरेका हुन् । पौडेलपक्षका नेताहरुले विधान विपरीत बनाइएको कार्यसम्पादनको बैठकमा नआउने धम्की नै दिएका छन् । उनीहरुले भनेका छन्, ‘अब फेरि पनि गल्ती गरिँदैन । विधानभन्दा बाहिर गएर बनाएको कार्यसम्पादनमा उपस्थित भएर पटक–पटक त्यसलाई अनुमोदन गरिँदैन । बरु, केन्द्रीय कार्यसमितिको बैठक बोलाइनु पर्दछ ।’

देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने सुइँको पाएपछि रामचन्द्र पौडेल लगायत महामन्त्री कोइराला निवास पुगेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ