arrow

कांग्रेस संसदीय दलको नेतामा अब देउवा होईन, दोस्रो पुस्तालाई दिनुपर्छः यादव 

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
ram-krishna-yadav1.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दलको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले दोस्रो पुस्ताको नेतालाई अघि सार्नुपर्ने स्पष्ट पारेका छन्।

बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संसदीय दलको नेतामा सभापति देउवाले आफूलाई अघि सार्न नहुने धारणा राखे । उनले भने,‘सभापतिले अब संसदीय दलको नेता बन्न जोड गर्नुहुँदैन्, बरु उहाँले अब दोस्रो पुस्ताको नेतालाई दिनुपर्छ।’ यादवले सकेसम्म दलको नेता सर्वसम्मतीमा चयन गरिने पनि विश्वास दिलाए। 

आयोजित साक्षात्कारमा बोल्दै उनले अहिलेको जनमतलाई सम्मान गर्दै आफूहरु आगामी पाँच वर्षसम्म सशक्त प्रतिपक्षको भूमिकामा बस्ने विश्वास दिलाए। उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई हामी गुण र दोषका आधारमा समर्थन वा विरोध गर्छौं।’ उनले वाम गठबन्धनको सरकारले जनतामा गरेको वाचा अनुसार काम गर्नको लागि आफूहरुको शुभकामना दिए।  निवर्तमान मन्त्री समेत रहेका यादवले भने,‘स्थायी सरकार बनोस्, संविधानहित अनुसार सरकारले काम गरोस्, मुलुकलाई समृद्धितिर डोर्याओस्।’

नेकपा एमालेका नेता एवम् सांसद महेश बस्नेतले प्रदेश नम्बर ३ को राजधानी सबै हिसाबले भक्तपुर नै उपर्युक्त हुने स्पष्ट पारे। उनले भने,‘यो कुरा मैले भत्तफुरको तर्फबाट मात्रै भनेको होईन, समग्र ३ नम्बर प्रदेशको तर्फबाट भनेको हुँ, प्रदेशको राजधानी बनाउँदा भौगोलिक सुगमता पनि हेरिनुपर्छ, यसअघि सरकारले गठन गरेको प्राविधिक समितिले पनि सानो ठिमी सिफारिश गरेको थियो, हेटौडा व्यवस्थित् छैन।’

बस्नेतले हेटौडा राजधानी हुनको लागि व्यवस्थित् छैन भन्ने कुरामा एकमत देखिएको पनि जिकिर गरे। यद्धपी हेटौडाका सांसदहरुले ठिक छ भन्नु स्वभाविक भएको उनको तर्क थियो। उनले भने,‘सानो ठिमी त राजधानी बन्नकै लागि संरचना भएको छ, राजधानी सानो ठिमी भयो भने राज्यको डेढ देखि दुई अर्ब बचत हुन्छ।’त्यस्तै उनले भत्तपुरसँगै काभ्रेको पनि चर्चा भएपनि यो ट्राफिक जामको हिसाबले पनि झन्झटिलो हुने तर्क गरे। उनले राजधानी कहाँ राख्ने भन्नेबारे सांसदहरुले विवेकपूर्ण निर्णय लिनेमा आफू पूर्ण विश्वस्त रहेको सुनाए। 

उनले सकेसम्म आजै नभए भोलिसम्म मन्त्रिमण्डल विस्तार हुने स्पष्ट पारे। उनले भने,‘सरकारले छिट्टै पूर्णता पाउँछ, सकेसम्म आजै मन्त्रिमण्डल विस्तार हुन्छ, नभए भोलि त पक्का हुन्छ।’केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग अब अनुनय वा विनयको बहाना नचल्ने जिकिर गरे। उनले भने,‘प्रधानमन्त्री ओलीसामू अब बहाना चल्दैन, जनतासामू गरेको वाचा अनुसार नै जनमत प्राप्त भएको छ, एमाले र माओवादीबीच एकता गर्छो भनिएको थियो, स्थिर सरकार दिन्छौं र सुख, शान्ति र समृद्धि हाँसिल गर्छौ भनेकोले जनताले वाम गठबन्धनको एजेण्डा अनुमोदन गर्नुभयो र सोही अनुसार सरकार गठन भएको छ।’

वर्तमान सरकारले सुशासन कायम गर्ने र मुलुकमा आर्थिक समृद्धि हाँसिल गर्ने उनको विश्वास थियो। उनले भने,‘अब ढिलासुस्ती सबै हटाउनुपर्छ, डिजिटल नेपाल निर्माण गर्नुपर्छ।’ ओली सरकारको यो पाँच वर्षे कार्यकाल समृद्धिको कार्यकाल भएकोले काम गरेर देखाउनुपर्ने सुझाव दिए। 

त्यस्तै उनले आफू पनि मन्त्री बन्ने संभावना रहेको सुनाए। बस्नेतले भने,‘राजनीति भनेको संभावना हो, म पनि मन्त्री बन्ने संभावना छ, तर म मठ÷मन्दिरभन्दा पनि दिमागमा लागखबत्ती बालेर हिँडछु, त्यसैले मन्त्री हुने दौडधुपमा छैन, यदि मन्त्री भएँ भने ईमानदारपूर्वक जनताको सेवा गर्छु, भईंन भने पनि संसदमा जनतालाई अनुभुति दिलाउनेगरि प्रस्तुत हुन्छ भन्ने म मा विश्वास छ।’

नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद अमनलाल मोदीले राम्रो र वैज्ञानिक मापदण्ड बनाईए आफू मन्त्री हुने निश्चित भएको ठोकुवा गरे। यद्धपी आफू मन्त्री हुनकै लागि चाप्लुसी, चाकडी वा धाउने काममा नलाग्ने स्पष्ट पारे। उनले भने,‘अहिले वैज्ञानिक मापदण्ड बनाईयो भने म मन्त्री हुन्छु।’

नेता मोदीले अहिले आफ्नो पार्टी माओवादी केन्द्र ५, ६ र ७ नम्बर प्रदेशमा मात्रै केन्द्रित भएकोमा गुनासो पोखे। उनले भने,‘समानुपातिक–समावेशीताको आधारमा गरिने हो भने म नपर्ने कुरै छैन।’ उनले मन्त्रिमण्डल विस्तार आज वा भोलिभित्रै टुँगो लाग्ने पनि विश्वास दिलाए। 

उनले एमाले–माओवादीबीचको एकताको समझदारीलाई विहेको लगन जुरेको संज्ञा दिए। उनले भने,‘एकता भनेको विहेको लगन जुरेकोजस्तो हो, विहेको कार्ड वितरण भैसक्यो, विहे भएर दाम्पत्य जीवन राम्रो हुन्छ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ