arrow

राष्ट्रपतिलाई देशभरका तरुणहरुले पठाए संविधान, गर्लिन त अध्ययन?

logo
प्रकाशित २०७४ फागुन १० बिहिबार
tarun-rally.jpg

काठमाडौं। नेपाल तरुण दल केन्द्रीय समितिले सांकेतिक रुपमा विरोध गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक प्रति संविधान उपहार दिए लगत्तै देशभरका तरुण दलका समितिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत राष्ट्रपतिलाई अध्ययनार्थ संविधान उपहार पठाएका छन्।

बुधबार राष्ट्रपति विरुद्ध प्रदर्शन गर्दै राष्ट्रपति भवन शितल निवासमा पुगेको तरुण दलका अध्यक्ष, महासचिव सहितका युवाहरुले राष्ट्रपतिद्वारा चालिएको कदम संविधान विपरित रहेको भन्दै त्यसैको सांकेतिक विरोध स्वरुप संविधान उपहार दिएका थिए। लगत्तै देशभरका तरुण दलका शाखाहरुले राष्ट्रपतिलाई संविधान अध्ययनका लागि पठाएका हुन। 

Image may contain: 6 people, outdoor

तरुण दल नेपालका अध्यक्ष जीतजंग बस्नेतले राष्ट्रपतिले संविधानको व्यवस्थाको सम्मान गर्दै आफ्नो कमजोरी सच्याउनुपर्ने माग तरुणहरुको तर्फबाट देशभर प्रकट भएको बताए। देशभर तरुणहरुले राष्ट्रपतिको कदम बिरुद्ध जिल्ला सदरमुकामहरुमा प्रदर्शन समेत गरेका उल्लेख गर्दै बस्नेतले राष्ट्रपति र प्रधानमन्त्रीको कदमले कम्युनिष्ट अधिनायकबादको झल्को दिएको भन्दै त्यसको विरोधमा अब तरुण युवाहरु जागरुक हुने बताए। उनले कम्युनिष्ट मिलेपछि सबै कुरा हुन्छ भन्ने भ्रम एमाले र माओवादीका नेताहरुमा देखिएको बताए। 

Image may contain: 11 people, outdoor

राष्ट्रपति कार्यालयका कर्मचारीहरुले संविधानको गलत अर्थ लगाएको वा अनर्थ लगाएकोले राष्ट्रपतिले गलत कदम चालेको हो कि भन्ने लागेर पनि अध्ययनका लागि शितल निवासमा संविधान पठाउने कार्यक्रम आफूहरुले बनाएको उनले स्पष्ट पारे। तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा सरकारले सिफारिस गरेका ३ जना राष्ट्रिय सभाका सदस्यहरुलाई ५ दिनसम्म मनोनीत नगरेर केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका ३ जनालाई तत्काल मनोनीत गरेपछि तरुण दलले संविधानको मर्म र भावना सम्झाउँदै राष्ट्रपतिको विरोध जाारी राखेको हो।  

Image may contain: 2 people, people standing and outdoor

अन्य देशमा संबैधानिक व्यवस्था अनुसार चित्त नबुझे प्रस्ताव फिर्ता गर्न सक्ने भएपनि नेपालमा त्यो अधिकार समेत राष्ट्पतिलाई नरहेको अध्यक्ष बस्नेतले बताए । तर, संविधानको व्यवस्था विपरित राष्ट्रपतिको यो कदमले कम्युनिष्ट अधिनायकबादलाई राष्ट्रपतिले समेत प्रश्रय दिएको आरोप बस्नेतको थियो । देशभरका तरुण यूवाहरुको भावना बुझेर राष्ट्रपतिले काम गर्ने विश्वास बस्नेतले प्रकट गरे। तर एउटा प्रश्न उठेको छ देशभरबाट संविधान पठाइए पनि के राष्ट्रपति विद्यादेवी भण्डारीले तरुण दलले भने झै संविधानको अध्ययन गरि आफ्नो गल्ती सच्याउलिन त?

Image may contain: 1 person, crowd and outdoor

Image may contain: 3 people, people standing and indoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ