arrow

स्वदेशी लघुवित्तको ११ लाख ५० हजार कित्ता सेयर आउँदै, एनआईसी क्यापिटलसँग सम्झौता 

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
NIC_asia.jpg

काठमाडौं । एन आई सी एशिया क्यापिटल लिमिटेड र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्ने सम्झौता भएको छ । बिहीबार स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः १ को अनुपातमा साविकका शेयरधनीहरुलाई जारी गर्न लागेको ११ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड, बबर महल काठमाण्डौंलाई नियुक्त गरेको हो । 

एन आई सी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री झनक राज ढुङ्गेल र  स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पुण्य प्रसाद खनियाले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

निष्काशन तथा विक्रीप्रबन्धक सँगैै एन आई सी एशिया क्यापिटल पुंजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), सामुहिक लगानी कोष, निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । एन आई सी एशिया क्यापिटलले निः शूल्क डीम्याट खाता साथै प्रथम वर्षको डीम्याट खाता संचालन निः शूल्क गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ