arrow

सामन्ती प्रचण्डबाट मुक्त भएँ, अब माओवादी केन्द्र पुर्नगठन गर्छु : गोपाल किराँती (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
kirati_news1.jpg

माओवादी केन्द्रले पार्टीबाट हटाएको भनिएका नेता गोपाल किँरातीले अब माओवादी केन्द्र पुर्नगठन गर्ने बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग सात बुँदे सम्झौता गरेसँगै अब पार्टी आफुहरुकै जिम्मामा रहेको उनले बताए । उनले माओवादी केन्द्रलाई नै पुर्नगठन गर्ने बताएका हुन् । हामीले नेता किराँतीसँग संक्षिप्त कुरा गरेको छौँ । 

० तपाईलाई त पार्टीले हटाए छ नि ? 
–हाँसो,,,,, माओवाद र पहिचान विरोधी प्रचण्ड समूह भन्ने प्रमाणित भयो । 

० अब के गर्नु हुन्छ ? 
–असोज १६ गतेदेखि नै माओवाद र पहिचान छाडेर एमालेसँग गरिने एकता विलय हो । त्यो विलयमा नजाने। माओवादी केन्द्र पुर्नगठन गर्ने भन्दै आइएको हो । पुर्नगठनको निम्ति ढोका खुलेको छ । माओवादी केन्द्र पुर्नगठनको तयारीमा पनि हामी लागेका छौँ । अब पुर्नगठन गरेर अघि बढ्छौँ । 

० त्यसलाई कसरी बुझ्ने, नयाँ दल खडा गर्नुहुन्छ भनेर बुझ्ने हो ? 
–नयाँ भन्दा पनि त्यसको संगठन नेतृत्व नयाँ हुने कुरा भयो । पुष्पकमल दाहालहरु त्यसमा हुनुहुन्न । उहाँहरु छोडेर जानु भो । एमालेसँग सात बुँदे गरेपछि प्रचण्डले छोडेर गएको ठहरिन्छ । हामी माओवादी केन्द्रलाई सञ्चालन गर्छौँ । अब हामीले सम्हाल्ने भन्ने हुन्छ । 

० के पुरानो पार्टी तपाईहरुसँग रहयो ? 
–क्रान्तिकारी विचारसहितको पूरानो पार्टी हो यो । प्रतिक्रान्ति विचारसहितको नयाँ दक्षिणपन्थी पार्टीमा उहाँहरु जाँदै हुनुहुन्छ । 

० तपाईसहित तीन नेतालाई कारबाही गरेको भनेर माओवादी केन्द्रले भन्यो । यसलाई तपाईहरुले कारबाहीकै रुपमा लिनुभयो ? 
–लोकेन्द्रजीले त ६–७ महिना अगाडि नै आफुलाई स्वतन्त्र घोषणा गरिसक्नु भएको हो । उनलाई कारबाही भन्नु त हास्यास्पद हो । आहुतीजीले पनि आफुलाई स्वतन्त्र घोषणा गर्नुभयो । प्रचण्ड मेरो अध्यक्ष होइन भन्नु भयो। मैले पार्टीभित्र दुई लाईन संघर्षको माग गरेको थिए । अहिलेसम्म आशावादी भएर बसियो । तर कयौँचोटी भेट्न खोज्दा पनि दिइएन । यति धेरै भेट्न खोजियो प्रचण्डलाई उहाँले कहिल्यै भेट दिनुभएन ।

मैले ४ गते मात्रै जोखबहादुर महरालाई फोन गरेर अब छुटिनै पर्ने देखिन्छ । एक पटक भेटेर विदा माग्नु पर्‍यो । गणतन्त्र नेपालसम्म त प्रचण्डले राम्रो काम गर्नु भएको हो, त्यसको म सम्मान गर्छु, समय मिलाईदिनुस् भनेको अहिलेसम्म मिलाईएको छैन । र, कारबाही चैँ मलाई गोपाल किराँतीलाई हो । आहूती र लोकेन्द्र विष्टलाई होइन । उहाँहरुले छोडिनै सक्नु भयो। कारबाही नै गर्नु थियो भने पनि, सुनुवाई त गर्नु थियो। सुनुवाईको मौका त दिनु पर्दथ्यो । त्यसैले उहाँहरुको एक मनावादी सामन्तीशैली जुन छ, त्यो मैले उठाएको सैद्धान्तिक प्रश्नको जवाफ नभएको हुनाले यो निरंकुश शैली अपनाउनु भो । म त्यसको विरोध गर्छु। अब सामन्तबाट मुक्त भइयो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ