arrow

रोल्पाबाट नेकपाको उद्घोष : ‘हाम्रो क्रान्ति रोकिएको छैन’

logo
कविता उपाध्याय, 
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
rolpa.jpg

लिबाङ, रोल्पा ।  नेपाल कम्यूनिष्ट पार्टी नेकपाका जिल्ला इन्चार्ज जयप्रकाश रोकाले आफूहरु वैचारिक लडाइको मोर्चामा रहदासम्म क्रान्ति नरोकिने बताएका छन् । 

रोल्पाको लिबाङमा भएको ‘कथित वाम सरकार, लोकतन्त्र र वैज्ञानिक समावाद’ विषयक अन्तरक्रियामा उनले क्रान्ति अझै नरोकिएको बताएका हुन् । 

उनले भने, “हामी हिजोको जस्तो चौकी हान्ने, जंगल पस्ने क्रान्ति गर्दैनौं । हिजोको क्रान्तिले काटमार र हत्याहिंसा बुझायो । आज हाम्रो क्रान्ति भनेको आमूल परिवर्तनका लागि शान्तिपूर्ण हुनेछ । तर, आजफेरि रगत नै बग्दैन भन्ने चाहि होइन । क्रान्तिमा बलिदानी हुन्छ । रगत बग्न सक्छ । आजको क्रान्तिका मुख्य हतियार भनेका जनता हुन् । मानसिक रुपले जनता सुशिक्षित नहुँदासम्म हामी क्रियाशिल रहीरहनेछौं ।’

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने झूठो नाराको आडमा वाम सरकारले सत्ता कब्जा गरेको उनको आरोप छ । लोकतन्त्रमा नेता गरिब हुन्छ, जनताको समृद्धि हुदै जान्छ तर नेपालमा यस्को विपरित नेताको समृद्धि हुँदै गएको छ भने, जनता झनझन गरिब हुँदै छन् । जनताका अधिकारहरु कुण्ठित गरिदैछन् । के यही हो लोकतन्त्र ? उनले प्रश्न गरे । 
 
यसरी राष्ट्रियताको स्वाधिनतामा संकट आयो भने देशमा उथलपुथल हुन सक्ने भन्दै उनले चिन्ता जनाए । नेकपाका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी प्रयासले नेपाली जनताले जनयुद्ध पार गरेर आएको भएपनि क्रान्ति अधुरो रहेको हुँदा आफूहरुले यस नेतृत्व गरिरहेको बताए । 
 
२०५२ सालभन्दा अगाडि एमालेसँग मिलेर गएको भए १७ हजार जनताको रगतको खोला नबगाएर आजको जति सुविधा त्यसैबेला प्राप्तहुने उनको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ