arrow

पुनर्वासमा फेरि भयो हत्या, वर्ष दिन नपुग्दै ४ को गयो ज्यान

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
punarbas_hatya2.jpg

भिमबस्ती,कञ्चनपुर ।  कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासमा वर्ष दिन नपुग्दै बिहिवार बेलुका ६५ वर्षिया पानमती धामीको हत्यासँगै हत्याकाण्डका ४ घटना भए पछि यो क्षेत्र असुरक्षित बन्दै गएको छ ।

हिजो बिहिवार गोठाला गएकी पुनर्वास नगरपालिका -११ भिमबस्ती कि ६५ वर्षिया पानमतीको आज बिहान क्षतबिक्षत अबस्थामा शव भेटिएको छ ।  भिमबस्तीको  सिद्ध देबि मन्दिर भन्दा २ किमि पर जंगलमा आज बिहान शव फेला परेको हो । मृतकको टोउको र अनुहारमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको हो । गहना लुट्ने मनसायले हत्या गरिए जस्तो देखिए पनि हत्याको कारण खुल्न सकेको छैन । 

यो काण्ड संगै पुनर्वास क्षेत्रमा एक वर्ष भित्र अज्ञात हत्याराद्वारा ४ जनाको हत्या भैसकेको छ । यो घटना लगायत भिमबस्तीमा सिद्ध देवि मन्दिरमा बस्दै आएकी एक माता, गएको मंसिर १९ गते लालसिह धामीको सहित ३ हत्याकाण्ड भइ सक्दा पनि हत्याराको पत्ता लाग्न नसक्दा गाउँ नै त्रसित बनेको छ ।शुक्रबार शव भेट्टिएको स्थानमा घटनाको थप अनुसन्धानका लागि अनुसन्धान टोलि घटना स्थलमा खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

श्रृङखलाबद्व हत्याका घटना बढी रहेका कारण यति बेला सिंगो पुनरवासनै त्रसित बनेको छ । एक पछि अर्को हत्याका घटना दोहरिदै गइरहेको भए पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानियको शान्ति सुरक्षा कमजोर बन्न पुगेको छ । बढ्दै गएका हत्याका घटनाका कारण शान्ति सुरक्षा बलियो बनाउन नसकेको भन्दै स्थानियले प्रहरीको आलोचना गर्न थालेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ