arrow

'प्रहरी हुँ' भन्दै लुट्ने सक्कली प्रहरीको फन्दामा 

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
nepal-police.jpeg

चितवन। आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटेर हिँड्ने दुईजनालाई आज प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन गुरुङ रहेका छन् । उनीहरुलाई भरतपुरको जागृतिचोकबाट पक्राउ गरिएको हो । 

उनीहरुले फागुन ४ गते राति भरतपुर महानगरपालिका वडा नं ११ निवासी नारायण धिताललाई विशाल चोकमा आफूहरु प्रहरी भएको बताउँदै जाँच गर्ने भन्दै नगद रु १० हजार र मोबाइल सेट लुटेको प्रहरीले जनाएको छ । धिताल काठमाडौँबाट घर फर्कने क्रममा उनीहरुले लुटेको प्रहरीले जनाएको छ । उनीहरुले नारायणगढमा रहेको पोखरा बसपार्कमा पनि होटलमा धम्काउने काम गरेको कार्यालयले जनाएको छ । 

यस्तै खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका भरतपुर–२७ का हेमबहादुर थापालाई प्रहरीले भरतपुर–१० बाट आज पक्राउ गरेको छ । उनले माघ १५ गते वीरेन्द्र क्याम्पस अगाडि र २४ गते दीपेन्द्र चोकमा शंकरदेव ज्ञवालीलाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ