arrow

अर्को भागबण्डा : एमालेलाई राष्ट्रपति, माओवादीलाई सभामुख

महराको सभामुख मधेसीले खोस्लान् ?

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
oli-prachanda1.jpg

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच सरकारको भागबण्डापछि राजकीय पदको भागबण्डा भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति, सभामुखलगायतका राजकीय पद बाँड्ने कुरा मिलेको हो ।

राष्ट्रपति, राष्ट्रियसभाको अध्यक्ष र प्रतिनिधिसभाको उपसभामुख एमालेले लाने र माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष लिनेछ ।

तर, एमालेले माओवादीलाई राष्ट्रियसभा अध्यक्ष लिएर सभामुख आफूलाई दिन भनेको छ । पूर्वसभामुख सुवास नेम्वाङलाई फेरि सभामुख बनाउने एमाले अध्यक्ष केपी ओलीको मनसाय छ ।

माओवादी भने मानिरहेको छैन । माओवादीमा सभामुखको प्रमुख दाबेदार हुन्–पूर्व उपप्रधानमन्त्री कृष्णबहादुर महरा । तर, फोरम र राजपालाई सरकारमा ल्याए महराले सभामुख नपाउन सक्छन् । फोरमसँग एमालेले औपचारिक रुपमै कुरा गरेको छ । वार्ता सकारात्मक भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ