arrow

कामचलाउ राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गर्न पाउँदिनन्ः नीधि

logo
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
bimalendra_nidhi_final.jpg

डडेलधुरा। नेपाली कांग्रेसका नेता एंव पूर्वउपप्रधानमन्त्री विमलेन्द्र नीधिले राष्ट्रियसभा सदस्यमा शेरबहादुर देउवा सरकारले गरेको सिफारिस उल्टायाएर राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको उल्लघन गरेको आरोप लगाएका छन्। 

डडेलधुरा पुगेका नेता नीधिले पार्टी कार्यालयमा पार्टी कार्यकर्तासंगको भेटमा सम्पुर्ण निर्वाचन सम्पन्न गर्ने जिम्मा देउवा सरकारको भएकाले राष्ट्रियसभाका तीन जनाको सिफरिस गर्ने काम पनि निर्वाचन गराउने सरकारको हुने स्पष्ट पारे। उनले भने–‘यदी निर्वाचन गराउने सरकार कामचलाउ हो भने राष्ट्रपतिको पनि नयाँ निर्वाचनको मिति तोकिएको छ। अहिलेको राष्ट्रपति पनि कामचलाउ हो। उनले कसरी नयाँ नियुक्ती गर्न पाउछिन’ नेता नीधिले राष्ट्रियसभा सदस्य नियुक्तीमा राष्ट्रपतिले चालेका कदमको कांग्रेसले कानूनी र राजनीति उपचार खोज्ने बताए।

नेता नीधिले गत चुनावमा कांग्रेस पराजित भएपनि मुलुकको जीत भएको बताए। उनले चुनावका कांग्रेसको पराजयका केहि आन्तरिक समस्या पनि भएको भन्दै राष्ट्रियसभाको चुनाव र नयाँ सरकार गठनपछि मात्र चुनावको समिक्षा गरौ भन्ने प्रस्ताव केन्द्रीय समितिमा आफुले नै राखेको स्पष्ट पारे। तीन तहको चुनाव नभएको भए यतिबेलासम्मको सवै परिवर्तन धरापमा पर्ने भएकाले सिंगो कांग्रेसको ध्यान मुल प्रणालीको संस्थागत गर्नेमा केन्द्रीत भएको दाबि गरे। 

नेता नीधिले पार्टीको संसदीय दलको निर्वाचनमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्छ भन्ने पक्षमा आफु भएको भन्दै सर्वसम्मत नभएपनि निर्वाचनबाट नेतृत्व चयन हुने स्पष्ट पारे। उनले भने–‘मेरो धारणा सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरौ भन्ने हो। सर्वसम्मत भएन भनेपनि पार्टी सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित हुनुहुन्छ।’

नेता नीधिले पार्टीमा अब चुनावको समिक्षा तथा नयाँ कार्यक्रमका बारेमा छलफल हुने बताउदै पार्टी नेतृत्व परिवर्तन भनेको १४ औं महाधिवेशनबाट मात्र हुने बताए। उनले अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्छ भन्नु भनेको अलि अपरिपक्क विचार भएको टिप्पणी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ