arrow

कञ्चनपुरमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन ११ शुक्रबार
KP-oli-naya-news.jpeg

पुनर्वास,कञ्चनपुर । कञ्चनपुरको दक्षिणी भेग स्थित पुनर्वासको आइबिआरडीमा  नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कार्यकर्ताले शुक्रबार बेलुका प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

केही दिन अघि आफ्ना कार्यकर्ताको रिहाइको माग राख्दै नेपाल बन्दको आव्हान गरेका बिप्लब कार्यकर्ताले आज शुक्रवार बेलुका पुनर्वासको आईबिआरडी स्थित एनसेल चोकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन ।

एमाले अध्यक्ष केपि ओली प्रधानमन्त्री भए लगत्तै देशब्यापी रुपमा बिरोधमा उत्रिएका बिप्लब कार्यकर्ताहरुले बिरोध प्रदर्शनका कार्यक्रम तिब्र बनाउदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ