arrow

ललितपुर महानगरमा कार्यरत पाँच सय स्वयंसेवक राष्ट्रिय मान्यताबाट वञ्चित

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
lalitpur_mahanagarpalika_hamrakura1.jpg

ललितपुर। ललितपुर महानगरापलिकामा कार्यरत झण्डै ५०० स्वयंसेवक राष्ट्रिय मान्यताबाट बञ्चित भएका छन्। राष्ट्रिय मान्यता नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको सामान्य सुविधाबाट समेत आफूहरु वञ्चित हुनुपरेको उनीहरुले बताएका छन्। ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरपालिकामा तीन दशकभन्दा बढी समयसम्म काम गर्नेले समेत राष्ट्रिय मान्यता नपाएको बताए। उहाँ भन्नुहुन्छ, “सरकारले दिएको जिम्मा पूरा गर्दागर्दै पनि हामीलाई मान्यता दिइएको छैन।”

महानगरपालिकामा अहिले झण्डै ६०० स्वयंसेवक कार्यरत छन्। तीमध्ये १३३ जनाले मात्रै मान्यता पाएका छन्। जिल्लामा १०० पुरुष स्वयंसेवक कार्यरत छन्। उनीहरु कसैले पनि मान्यता पाएका छैनन्। कार्की भन्नछन्, “सरकारको स्वास्थ्य कार्यक्रम सफल बनाउन जनताको घरघरमा पुग्ने स्वयंसेवकलाई बेवास्ता भइरहेको छ।”

राष्ट्रिय मान्यता पाएका स्वयंसेवकले सरकारबाट प्रोत्साहनका रुपमा वार्षिक र लुगा र सेवानिवृत्ति भत्ता र उपचार खर्च पाउँछन्। राष्ट्रिय मान्यता नपाएका स्वयंसेवक ती सुविधाबाट वञ्चित छन्। सरकारबाट विभेद भए पनि गर्दै आएको काम नछाड्ने स्वयंसेवक बताउँछन्। उपमहानगरपालिका हुँदादेखि नै सञ्जालले स्वयंसेवकलाई मान्यता दिलाउनका लागि भन्दै आएको कार्की बताउछन्। उनी भन्छन्, “जनप्रतिनिधि आएकाले अब हाम्रा कुरा सुनिने आशा छ।” यहाँ कार्यरत स्वयंसेवकले झण्डै चार वर्षदेखि तालीमसमेत पाएका छैनन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ