arrow

राष्ट्रपतिमा झलनाथको रहरमात्रै, यसकारण बिद्याकै सम्भावना उच्च

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
jhalanath-khanel.jpeg

काठमाडौं। भावी राष्ट्रपतिका लागि वाम गठवन्धनबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी, एमाले वरिष्ठ नेता झलनाथ खनाल, माओवादी नेता अमिक शेरचन आकांक्षी देखिएका छन्। पार्टी एकिकरण हुने भएपछि सिमित मात्र हुन पुगेको पदहरु बाँडचुड गर्दा कार्यकारी तहमा पुग्ने सम्भावना नहुने भएपछि वाम गठवन्धनबाट केहि नेता राष्ट्रपतिका लागि आकाँक्षी देखिएका हुन्। यि मध्ये एमाले वृत्तबाट भण्डारी र खनालको चर्चा छ। 

भण्डारीको चाहना
एमालेको तर्फबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारी आफ्नो कार्यकालको अन्तिम दिनतर्फ उन्मुख छिन। आफ्नो कार्यकाल सकिनै लाग्दा भण्डारीले दोस्रो कार्यकालको लागि एमाले र माओवादीका नेताहरुसँग मुख खोलेकी छिन्। 

वर्तमान राष्ट्रपति भण्डारीले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा दोहोरिने चाहना राख्दै आएकी छिन्। 

साढे दुई वर्ष मात्र जिम्मेवारी सम्हालेकाले पूर्ण कार्यकाल काम गर्ने उनको इच्छामा ओली र प्रचण्ड सकारात्मक देखिएका हुन्। प्रधानमन्त्री र राष्ट्रपति कार्यालयनिकट स्रोतका अनुसार दुवै नेताबीच यसबारे पटक–पटक कुराकानी भएकाले वर्तमान राष्ट्रपति भण्डारी दोहोरिनेमा आश्वस्त छिन्।

दुवै नेताले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने आश्वासन दिएपनि एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका लागि आकाँक्षी देखिएका छन्। उनले पार्टीभित्र लविङ समेत गरेका छन्। माओवादी नेतृत्वसँग पनि कुरा गरेका छन्। तर एमाले अध्यक्ष केपी ओली उनलाई बनाउने कुरामा इच्छुक देखिदैनन। 

विद्यालाई सक्रिय राजनीतिबाटै टाढै राख्ने प्रयास
राष्ट्रपतिबाट रिटायर्ड हुने अवस्था आए विद्यादेवी भण्डारी पुन एमालेको सक्रिय राजनीतिमा आउने सक्ने अनुमान एमाले वृत्तमा छ। पहिलो महिला राष्ट्रपतिका रुपमा काम गर्दा एमालेलाई लगाएको गुनका कारण पनि उनी एमालेमा लोकप्रिय छिन्। उसै पनि ओली र उनको गुट पहिला पनि प्रभावशाली थियो त्यो प्रभाव अहिले झनै बढेको छ। यो अवस्थामा उनलाई राष्ट्रपति नबनाएर सक्रिय राजनीतिमा ल्याउने वातावरण बन्यो भने एमालेका नेतृत्व तहका आकाँक्षीहरु त्यसबाट प्रभावति बन्न सक्ने देखिन्छ। त्यसकारण पनि दोस्रो तहका एमाले नेताहरु विद्यालाई राष्ट्रपति नै देख्न चाहन्छन। त्यसैले उनीहरु विद्यालाई राष्ट्रपति दोहोर्‍याउने पक्षमा छन्। 

के हुन्छ त झलनाथको आकाँक्षा?
झलनाथले यो पटक राष्ट्रपतिको लागि आकाँक्षा देखाएका छन्। उनले त्यस्तो बेला आकाँक्षा देखाएका छन जुन बेला केपी ओली पार्टीभित्र अत्यन्तै प्रभावशाली छन भने सरकारमा पनि त्यस्तै प्रभावशाली छन्। राष्ट्रपतिको रुपमा विद्याले पुनः इच्छा जाहेर गरेकी छन्। यो अवस्थालाई सामान्य विश्लेषण गर्ने हो भने पनि झलनाथको सम्भावना अत्यन्तै कम देखिन्छ। यो सम्भावनालाई अझ कम बनाउन ओली निकटहरुले क्राइटेरिया तय समेत गरेका छन्। उनीहरुले पार्टीको नेतृत्वमा रहेको पार्टीको कार्यकारी भुमिका निर्वाह गरिसकेको र देशको समेत कारु्यकारी भुमिका निर्वाह गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने प्रस्ताव बनाएका छन्। यो प्रस्तावलाई पार्टीबाट निर्णय गराई उनीहरुले झलनाथलाई रोक्ने योजना बनाएका छन्। यो योजना लुकिछिपि समेत भएको छैन। 

एमालेका प्रभावशाली नेता विष्णु पौडेलले यतिसम्म भनेका छन की देश र पार्टीको कार्यकारी भुमिका निर्वाह गरेको व्यक्तिलाई राष्ट्रपति बनाउँदा कार्यकारीकै हैसियतमा अभ्यास गर्ने सम्भावना रहेका कारण पनि त्यस्तो व्यक्तिलाई राष्ट्रपति बनाउन उपयुक्त हुन्न। माओवादी अध्यक्ष प्रचण्डलाई समेत हुने गरि दिएकव उनको यो अभिव्यक्ति खासमा झलनाथप्रति लक्षित थियो। 

एमालेकै ओली निकट एक नेताका अनुसार झलनाथको यो पटक सम्भावना अत्यन्तै कम छ। हामी नै उहाँको सम्भावना कम देखिरहेका छौ उहाँचाहि किन लागिरहनुभएको छ हामी अचम्ममा पररेका छौ। दोस्रो राष्ट्रपति बन्ने बेलामा उहाँलाई गरिएको प्रस्ताव नमानेका कारण विद्यालाई बनाउनु परेको स्मरण गर्दै ति एमाले नेताले भने अब यो पटक विद्याले नै दोहोर्‍याउाछु भनेको अवस्थामा झलनाथको सम्भावना रहन्न। 

कुनै समय पार्टीको कार्यकारी तहमा आउँछु भन्ने लागेका कारण राष्ट्रपति पद अस्विकार गरेका झलनाथलाई अहिले अब पार्टीको कार्यकारीमा पुनः आउँछु भन्ने नलागेको उनले राष्ट्रपति हुन देखाएको आकाँक्षाले पनि पुष्टी गरेको छ। अर्का बरिष्ठ नेता माधव नेपाल अझै राष्ट्रपति बन्न इच्छुक नहुनु र खनालको इच्छा देखिनु यसकै उपज भएको एमाले वृत्तमा चर्चा छ। तर यो अघिल्लो पटक आफैले अस्विकार गरेको राष्ट्रपतिको पद यो पटक झलनाथको लागि रहर मात्रै हुने सम्भावना प्रवल देखिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ