arrow

परीक्षामा कसरी पाउने सफलता ? यी १० बानी सुधार्नूस्

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
Sucesses_formula.jpeg

काठमाडौं । के तपार्इँ परीक्षा दिँदै हुनुहुन्छ ? तपाईँमा पनि एउटा समस्या हुनसक्छ, जति पढेपनि परीक्षा विग्रिएर धेरै विद्यार्थीहरु चिन्तित हुने गरेको भेटिएको छ । तर, एउटा सानो समस्या सुल्झाउन नसक्दा धेरै विद्यार्थीहरुमा पर्याप्त ज्ञान हुँदा हुँदै पनि परीक्षा विग्रिएको हुनसक्छ । यस्तो छ भने पढ्नुहोस् १० उपाय । 

१ जहाँ तपार्इँ अध्ययन गरिरहनु भएको छ । त्यहाँ एउटा एकदमै बासनादार अगरवत्ति बालिदिनुहोस् । यसले तपार्इँको मन स्वस्थ हुन्छ र पढेको कुरा सजिलै दिमागले टिप्न सक्छ । 

२ परीक्षा आएपछि आत्तिएर विषय बस्तुलार्इ घोक्ने होइन । बस् विस्तारै आफ्नो पाठ्यक्रमबारे स्वतन्त्र र तनाव रहित दिमागले मनन गर्नुहोस् । यसले तपार्इँलार्इ हतारमा घोकेको भन्दा बढी ज्ञान दिन्छ र परीक्षामा राम्रोसँग लेख्न सकिन्छ ।

३ परीक्षाको कम्तिमा पनि २ महिना अघि पढेको कुरा रिभिजन गर्नुहोस् । परीक्षाको दुर्इ दिनदेखि तनावमा पढ्न छाडिदिनुहोस् । आफूलार्इ मन लागेको विषय तनावरहित पाराले पढ्नुहोस् । 

४ तपार्इँ पढ्ने बेला वातावरण शान्त हुनु जरुरी छ । सम्भव भएसम्म एक्लै पढ्न नबस्नुहोस् । आफ्नो विषय मिलेका व्यक्तिसँग मिलेर पढ्दा तपार्इँलार्इ धेरै फाइदा हुनसक्छ । तपार्इँलार्इ निद्राबाट जोगाउनको लागि पनि समूहमा पढ्नु जरुरी हुन्छ ।

५ पढाइको समयमा मनमा कुनैपनि किसिमको तनाव नलिनुहोला । सधै‌भरी प्रसन्न हुनाले मन स्वस्थ हुन्छ । जसले तपार्इँलार्इ पढाइाध्यान दिने तर्फ मद्दत गर्दछ ।

६ पढाइ गरिरहेको बेलामा सकिन्छ भने एकछिन शवासन अर्थात् सबै शरीर स्वतन्त्र छाडेर सुत्नुहोस् । यसले तपार्इँलार्इ चुस्त बनाउन मद्दत गर्दछ ।

७ कुनैपनि अवस्थामा पढ्ने मान्छेले पढाइको अवधिभर चुरोटको प्रयोग नगर्नुहोस् । 

८ प्रत्येक विहान कम्तिमा १ गिलास हल्का तताएको दूधको सेवनले तपार्इँको पढाइलार्इ सहयोग गर्न सक्छ ।

९ जे कुरा पढ्नु हुन्छ त्यसको बारेमा कम्तिमा एक पेज लेख्ने गर्नुहोस् ताकि तपार्इँले पढेको कुरा कति बुझ्नु भएको छ रु यसको परीक्षा आफैं लिनुहोस् । 

१० कुनै प्रकारबाट मनमा कुनै पनि संकोच लिनु हुँदैन । होइन भने तपार्इँमा असफलताको  आउँसक्छ । 

यति १० प्रकारको तरिका अपनाउनु भयो भने  तपार्इँले पनि सजिलै परीक्षामा सफलता पाउन सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ