arrow

संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतको आग्रह

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
china-flag.png

संयुक्त राष्ट्रसंघ। विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन्। अस्तव्यस्त रुपमा रहेको यस देशको द्वन्द्व समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीहरुलाई उनले आग्रह गरेको हो।

हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षाको स्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको समाचारमा जनाइएको छ। उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्त रुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहतले भीषण रुप लिएको छ। निर्दोष नागरिकको हत्या र उनीहरुका संरचनाप्रति आक्रमणको कडा शब्दमा निन्दा गर्ने उनले बताए। आतङ्ककारी संगठनहरु अझै पनि सिरियामा आक्रमणको तयारी गरिरहेको सूचना अहिले पनि विभिन्न अधिकारवादीहरुले यसअघि नै दिएका थिए।

सिरियामा जारी मुद्दाको समाधान सैनिक हस्तक्षेपबाट होस् भन्नेमा चीन नरहेको र यसको समाधान राजनीतिक तरीकाबाट नै गर्नुपर्ने चीनका विशेष दूत माले बताउनु भएको हो। सिरियाको पूर्वी सहर गुटामा गत आइतबारबाट सिरियाली सैनिक र रुसी सेनाको पनि सहयोगमा हवाई कारबाही सुरु भएको छ।

सो कारबाहीको क्रममा सयौँ सर्वसाधारण मारिएका छन्। मारिनेमा ठूलो सङ्ख्यामा बालबालिका समेत रहेका छन्। यसैबीच प्राप्त एक अर्को समाचारअनुसार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा शुक्रबार सिरियामा युद्धविराम सम्बन्धमा मतदात हुदैछ। सिरियामा सन् २०११ को मार्चबाट जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूहहरु अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको छ।

जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन्। रासस-सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ