arrow

फावाखोला जलविद्युत आयोजनाको प्राधिकरणसँग ३० वर्षका लागि पीपीए 

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
PPA_with_fawakhola.jpg

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र युनिटेक हाईड्रो पावर कम्पनी लिमिटेडबीच विद्युत व्यापार सम्झौता पीपीए सम्पन्न भएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणमा एक कार्यक्रमकाबीच ५.८ मेगावाट क्षमताको फावाखेला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत खरीद गर्ने सम्झौता भएको हो । 

कार्यक्रममा प्राधिकरणका तर्फबाट व्यापार विभागका प्रमुख एवं निर्देशक प्रज्वल अधिकारी र कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष गोपाल मैनालीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताको क्रममा कम्पनीका प्रवन्ध निर्देशक रविन्द्र महाशेठ र कम्पनी सञ्चालक सदस्य नरेन्द्र मैनाली लगायतको पनि उपस्थिती रहेको थियो । 

विद्युत व्यापार सम्झौता पत्रमा हस्ताक्षर भएसँगै कम्पनीले विद्युत उत्पादनको काम सुरु गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीका अध्यक्ष मैनालीले अब उत्पादन अनुमति पत्र लिएपछि आर्थिक स्रोतहरु जुटाएर यही चैत मसान्त भित्रै विद्युत उत्पादनको काम सुरु गर्ने जानकारी दिएका छन् । 

ताप्लेजुङ जिल्लाको याङ्वरक गाउँपालिकामा पर्ने सो जलविद्यसत आयोजनाबाट उत्पादित विद्युत ३० वर्षसम्म विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ । आयोजनाले हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसामा विद्युत खरीद गर्ने सम्झौता भएको मैनालैले जानकारी दिए । 

आयोजनाको प्रारम्भिक वातावरण अध्ययन सम्पन्न भईसकेको छ । सडक पहुँच पुगिसकेको र जग्गा अधिग्रहणको काम पनि लगभग सकिने अवस्थामा रहेको कम्पनीले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ