arrow

२४ जिल्लाका ९२ लाखलाई हात्तीपाइलेविरुद्धको औषधी खुवाइँदै

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
haattipaile.jpg

काठमाडौं । २४ जिल्लामा हात्तीपाइले रोग निवारण सम्बन्धी अभियान सुरु भएको छ । २४ जिल्लाका करिब ९२ लाखलाई यस वर्ष हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइन लागेको हो ।

शनिबारदेखि ३ दिनसम्म सरकारले तराई लगायतका २४ जिल्लाका  विभिन्न बुथमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तीपाइलेविरुद्धको डिइसी र अबलेन्डाजोल खुवाइदैछ ।

२४ जिल्लाका करिब ९२ लाखलाई शनिबार बुथ राखेर सामुहिक रुपमा औषधी सेवन गराईने तथा १३ र १४ गते छुटेका लाई सेवन गराईने कार्यक्रम रहेको छ ।

झापा, इलाम, पाँचथर, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुरमाहात्तिपाइले विरुद्धको औषधि वितरण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ ।

२ वर्ष मुनीका बालबालिका, गर्भवती एबं सात दिन भित्रका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, क्यान्सर मुटुरोगी, कलेजोका रोगी, मृगौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने हात्तिपाइले रोग निवारण कार्यक्रमका राष्टिय फोकल पर्सन प्रदिप रिमालले जानकारी दिनुभएको छ ।

औषधी सेवन गर्दा शरीरमा हात्तीपाइलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, सरिर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिएपनि एक दिन भित्रनै यस्ता असर आफै हराएर जाने रिमालले जानकारी दिनुभएको छ ।

सन २००३ मा पर्सा जिल्लाबाट यो अभियान सुरु गरिएको हो । काठमाडौं उपत्यका लगायतका  देशका ३७ जिल्लामा यो औषधी नियमित ६ बर्षसम्म  खुवाउन सकिएको  छ । प्रत्येक वर्ष खुवाइने यो औषधी ६ वर्षसम्म नियमित खानुपर्ने भएपनि कपिलबस्तु जिल्लामा भने यसपाली दशौ पटक खुवाइन लागिएको छ ।
६ पटक नियमित खुवाउदा पनि हात्तीपाइलेका बिरामी देखिएकाले फेरी खुवाउने क्रम जारी रहेको महाशाखाले जनाएको छ । अभियानका लागि प्रत्येक जिल्लामा ६ सय बुथ स्थापना गरी महिला स्वास्थ्यकर्मी लगागत नसिंग क्याम्पसका अन्तिम प्यारामेडिक्स लाई परिचालन गरिएको छ । हिमाली १४ जिल्लामा भने यो रोग नदेखिएकाले औषधी सेवन कार्यक्रम सञ्चालन भएको छैन ।

क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरिरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहा अस्वभाविक वृद्धि हुनु नै हात्तिपाइले रोग लाग्नु हो । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरिरको बाहिरी भागमा देखा पर्ने भएकाले रोग लाग्नु अघि नै औषधी सेवन गर्नुपर्ने चिकित्सक हरुको सुझाव छ ।
सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ ।

सन् २०००सम्म विश्वका करिब १२ करोड मानिस यस रोगबाट संक्रमित रहेकोमा करिब ८ करोड मानिसहरुको अंगभंग भएको छ । हालसम्म ४९.९ करोड मानिसहरुले पूर्णरुपमा उपचार पाएकोमा ६७ अरब मानिसलाई हात्तीपाइले विरुद्धको औषधी ख्वाइसकिएको छ । दक्षिण पूर्वी एसियाका १२ देशमध्ये  श्रीलंका र माल्दिभ्समा मात्रै यो रोग निवारण भइसकेका छन । ।

नेपालमा भने ६१ जिल्ला हात्तीपाइले रोगको जोखिममा रहेकोमा त्यसमध्य करिब दुईतिहाई जनसंख्या अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेका छन् ।

त्यस्तै, नेपालको कुल अंपाङ्गतामध्य करिब ३० हजार अपाङ्गता हात्तीपाइले रोगकै कारण हुने गरेकोमा त्यसमध्य सबैभन्दा धेरै हाइड्रोशिलका विरामी रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ ।

नेपालमा हाइड्रोशिलका विरामी करिब ३० हजार रहेको तथ्यांक छ । नेपाल सरकारले हाइड्रोशिलका विरामीको निःशुल्क शल्यक्रिया सुरु गर्दै आएको छ । यस अन्तर्गत हालसम्म नेपाल सरकारद्धारा सूचिकृत करिब ६४ वटा अस्पतालबाट करिब ७ हजार नौ सय ५६ विरामीहरुले हाइड्रोशिलको शल्यक्रिया गरिसकेका छन् । यसका लागि महाशाखाले प्रति विरामीका दरले अस्पताललाई छ हजार रुपैँया समेत उपलब्ध गराउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ