arrow

काँग्रेसको चियापान कार्यक्रम सोमबार

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1363562200.jpeg
काठमाडौँ। विजयादशमीका अवसरमा नेपाली काँग्रेसले सोमबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ । 
 
मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ । 
 
वर्तमान सन्दर्भमा पनि बिपीले प्रतिपादन गर्नुभएको राष्ट्रिय मेलमिलापको नीति अझ सामयिक भएको बताउँदै काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले लोकतन्त्र र राष्ट्रियतालाई झन् मजबुत तुल्याउन चियापा कार्यक्रम आयोजना गरिएको स्पष्ट गर्नुभयो । 
 
मेलमिलाप, मैत्री र पारस्परिक स्नेहका साथ एकताबद्ध नेपालमा राष्ट्रिय मेलमिलापको नीति समस्त नेपालीलाई मान्य भएको मुख्यसचिव तिवारीले बताउनुभयो । राजनीतिक दल, पेसाकर्मी, बुद्धिजीवी तथा समाजका सबै वर्गलाई पार्टीका तर्फबाट उहाँले चियापान कार्यक्रममा सहभागी हुन आमन्त्रण गर्नुभएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ