arrow

प्रदेश ४ लाई चार‘स’को प्रदेश बनाउँछौं : मुख्यमन्त्री गुरुङ

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
Prithivi_subba_intervew3658.jpg

बेनी, म्याग्दी। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ नं प्रदेशलाई सुन्दर, शान्त, समृद्ध र सभ्य अर्थात् ४ ‘स’ को प्रदेश बनाउने बताए। आज म्याग्दीको सदरमुकाम बेनीबजारमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘वि वान’ बैठकको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्।

देशभरका करिब दुई हजार लायन्सको सहभागिता रहेको सो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले नेपाली राजनीतिमा सहजरुपमा सत्ता हस्तान्तरण गर्ने संस्कृति र संस्कार नभएको र गुटबन्दी भइरहेको बताउँदै लायन्स क्लबबाट राजनीतिकदलले धेरै कुरा सिक्नुपर्छ भने।

उनले प्रदेश नेपालकै उत्कृष्ट प्रदेश हुनसक्ने प्रशस्त आधार रहेकाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने खालका योजना ल्याइने बताए। प्रदेश नं ४ मा शुरु भएका योजना समयमा नै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले लगानीमैत्री वातावरणको अभावमा कैर्यौं पर्यटन र विकासका योजना अल्झिएकाले लगानीमैत्री वातावरण बनाउन पहल गरिने बताए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ