arrow

शेयर बजार : एक अर्ब ७० करोडको कारोबार

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg

काठमाडौं। धितोपत्र बजारमा यस साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार मूल्य बराबरको शेयर खरिद बिक्री भएको छ। नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७६ कम्पनीको ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएको हो। कारोबार रकम गत साताको भन्दा १० दशमलव ७५ प्रतिशतले बढी हो। गत साता १७९ कम्पनीको ३७ लाख ९२ हजार ४७० कित्ता शेयर रु एक अर्ब ५४ करोड १४ लाख २५ हजार कारोबार भएको थियो।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६ दशमलव ९२ अंकले घटेर अन्तिम दिन एक हजार ३८६ दशमलव ९८ अंकमा पुगेको छ। यसैगरी समूहगत परिसूचकको उतारचढाव यस प्रकार रहेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव ९१ अंकले घटेर २९३ दशमलव २५ अंकमा आइपुगेको छ।

यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ। सो बैंकको रु ११ करोड २० लाख ६० हजार बराबरको शेयर कारोबार भएको थियो। त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको तीन लाख ६४ हजार कित्ता शेयर कारोबार भएको थियो।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। स्टकका अनुसार यस साता सानिमा इक्विटी फण्डको १३ करोड एकाइ साधारण शेयर सूचीकृत भएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ