arrow

लेनदेनको आधारमा अनुमति लिने/दिनेलार्इ तत्काल कारबाही गरिन्छ : प्रम ओली

logo
प्रकाशित २०७४ फागुन १२ शनिबार
kp-oli-final.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणलगायत अन्य क्षेत्रमा भएका कानुनी जटिलतालाई खुकुलो पार्ने बताएका छन् । शनिबार यहाँ नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिमण्डलको बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कानुनी जटिलता सरलीकरण गरेर चुस्त र छरितो पारिने बताए । उनले भने, “सरकारी कार्यालयका टेबुलपिच्छे फायल अलमलिने प्रथा अब अन्त्य हुन्छ । सरकारी कर्मचारीले कुनै नियतवश सर्वसाधारणका काममा ढिलाइ गरेछन् भने त्यसमा उचित छानबिन हुन्छ ।” 

प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा सरकारले शून्य सहनशीलताको नीति लिने स्पष्ट पारे। उनले भने, “भ्रष्टाचार रोक्न सकिएन भने स्थायी सरकार भएको केही अर्थ हुँदैन, स्थिर सरकारको अनुभूत गराउन पनि भ्रष्टाचार रोक्न जरुरी छ ।” आर्थिक लनदेनका आधारमा अनुमति लिनेदिने, समयमा काम नसक्ने, बिना कारण म्याद थप्ने र थपाउनेलाई तत्काल कारबाही गरिने प्रधानमन्त्रीको भनाइ छ । उद्योगी, व्यवसायीसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री ओलीले निर्यातजन्य उत्पादनमा जोड दिन व्यवसायीलाई आग्रह गरे । 

नेपालमा उत्पादित सामानका लागि बजारको खाँचो नहुने प्रष्ट पार्दै प्रधानमन्त्री ओलीले विश्वको जुनसुकै देशमा पनि नेपाली सामानको माग उच्च हुने बताए । यसैगरी आजै गैरआवासीय नेपाली संघ (एनआरएनए) को बधाई ग्रहण गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र नेपालीलाई सुखी बनाउनेबाहेक आफ्नो अरु कुनै उद्देश्य नरहेको स्पष्ट पारे । 

देश विकासका लागि एनआरएनएको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसमा भूमिका खेल्न एनआरएनएका प्रतिनिधिलाई आग्रह गरे । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ