arrow

हैट ! यस्तो पनि सम्भोग ? 

logo
कृष्ण न्यौपाने,
प्रकाशित २०७४ फागुन १२ शनिबार
krishna-neupane-article.jpg

काठमाडौं। एउटा होटलको प्राङ्गणमा केही प्रेमिल जस्ता देखिने जोडीहरु मदिराको बेहोसीमा अर्धचेत हुँदै नाचिरहेका छन् । कहिले यता लडछन् कहिले उता लडछन्। सम्हालिदै उठ्छन् । अनि अंगालोमा बेरिन पुग्छन । बल्लबल्ल सम्हालिदै होटलको कोठासम्म पुग्छन् तिनीहरु । अर्धचेत हुँदै सम्भोगको क्रियासम्म पुग्छ उनीहरुको क्रियाकलाप । रात छिप्पिन्छ । उनीहरुलाई बेहोसीमै बिहान भएको पत्तो हुन्न । बिहान उठ्दा ती जोडीहरु रनभुल्लमा पर्छन् । रातमा सम्भोग भयो कि भएन भनेर।

माथि परमधाममा विभिन्न धर्मका देवताहरुको बैठक बसिरहेको हुन्छ। युवा जोडीहरुको यस्ता हर्कत देखेर केही देवताहरु लाजले मुसुमुसु हाँस्छन्। यस्तो पनि सम्भोग हुन्छ भन्दै देवताहरुको हाँसो चारैतिर फैलिन्छ। हाँसोमा नसम्हालिँदै उनीहरुको ध्यान एउटा औषधी पसलमा पुग्छ। त्यहाँ एक जना युवा आफ्नो यौन शक्ति कमजोर भयो भन्दै ओखती किन्न पुग्छन्। त्यही ठाउँमा केही युवतीहरु पनि साइज घटाउनुप¥यो भन्दै भित्र छिर्छन्। देवताहरु ट्वां।

देवताहरु एकछिन शान्त हुन्छन्। अनि केही निराश हुँदै यताउती फर्किन्छन्। नशामा फसेका युवायुवतीहरुको बढ्दै गएको अनियन्त्रित यौन चाहनाले उनीहरु गलत दिशामा लागिरहेको प्रष्ट देखिन्थ्यो। श्रीमान श्रीमतीबीच पनि विश्वास थिएन।

सम्भोगको अनियन्त्रित उत्कण्ठालाई शान्त पार्नको लागि बजार बजार भौतारिँदै गर्दा पनि उनीहरुले वास्तविक सम्भोगको आनन्द प्राप्त गर्न सकेका थिएनन्। प्राप्त गर्न सकुन् पनि कसरी ? एकअर्काप्रति विश्वास नै थिएन । उनीहरुले एक अर्काको लागि सम्भोगको लागि मात्र प्रयोग गरिरहेका थिए। 

यही अनियन्त्रित सम्भोगको इच्छा अनि नशामा फसेको समाजमा हत्या हिंसा, आतंक, पीर, चिन्ता, तनावले मात्र नभएर बलात्कार, चोरीजस्ता क्रियाकलापले समाजलाई आतंकित बनाइरहेको थियो। नत उनीहरुलाई औषधीले आनन्द दिएको थियो न त लामो छोटो मोटो पातलोले। 

एकातिर तनाव, पीर, चिन्ता, असन्तुष्टी, नशामा अर्धचेत भएर गरेको सम्भोग, मांसाहारी जीवन अनि चरित्रहीन मानसिकताको कारण जन्मिने बच्चामा पनि त्यस्तै गुण सरेको देख्दा देवताहरु पनि दुःखी भए। बच्चा ठूलो भएपछि त्यस्तै बाउआमा जस्तै फरक स्वाद लिनुपर्ने, तनाव, चिन्ता, विद्रोह, रीस, हत्या यस्तैयस्तै समस्याले ऊ पीडित बन्थ्यो। मानिसले आफनै सन्तानको भविश्य नर्कमा पु¥याएको देख्दा देवलोकमा देवताहरु खुट्टा बजार्न थाले।

यी मात्र होइन । धर्मलाई मागी खाने भाँडो । पैसा कमाउने साधन आदि कारणले गर्दा धर्म गुरुहरु प्रति देवताहरुको रीस थामिनसक्नु थियो। एउटै धर्मभित्र दुई हजार बढि सम्प्रदाय खडा गरेर मानिसहरुलाई मुर्ख बनाउने धर्मभिरुलाई सही बाटोमा ल्याउन मुस्किल थियो। मन त थियो उम्लिरहेको तातो तेलको कराईमा उसिन्न तर देवताहरुको पनि नियम थियो। उनीहरु हेरेर बस्न मात्र विवश भए।

मानिसको ब्यवहार देखेर उनीहरु दिक्क थिए। एकैछिन बाघको बथानतिर उनीहरुको आँखा गयो। उनीहरुले आफ्ना प्रजातीहरुलाई माया गरिरहेका थिए। मिलेर बसेका थिए। तर मानिसहरु आफ्नै प्रजातीहरुको बिनाश गरिरहेका देख्दा देवताहरुको आँखाबाट आँसु बगिरहेको थियो। 
उतिबेला बालविवाह हुन्थ्यो। देवताहरु दिक्क बन्थे। अहिले पृथ्वीलोकतिर कक्षा ५ मा पढदै गर्दा १० बर्षकै उमेरमा  केटाकेटी भागेर बिहे गर्छन्।सञ्चार माध्यममा प्रकाशन प्रशारण हुने विभिन्न सामाग्रीले बालबच्चाहरुको दिमागले कामै नगर्ने भैसकेको थियो।

सबैतिर हुने गलत कामले देवताहरु दिक्क भएका थिए। एकैछिन मःमको पसलतिर देवताहरुको ध्यान मोडियो। बाटोमा मरेको कुकुर लगेर किमा बनाएर खसीको मासु भन्दै बेचिरहेका थिए पसलेहरु। त्यहि पनि मानिसहरु मःम खाँदै थिए मिठो मानेर। केहि दिनपछि पेटको समस्याले अस्पतालमा बसेका महामानवहरुलाई देख्दा देवताहरु झनै खित्का छोडेर हाँस्न थाले। 

फर्निचरतिर अग्राखको काठ भन्दै कागजलाई प्रशोधन गदै बेच्ने ब्यापारीहरुलाई कारवाही गर्ने मन हुँदाहुँदै पनि देवताहरु चुपचाप बस्न बाध्य थिए। विश्वमा जताततै समस्याहरु थिए।  हत्या, हिंसा, बलात्कार, डिभोर्स, सबैको मुख्य कारण नशा, जाँड, रक्सी, चुरोट, विँडी, ड्रग्स जस्ता लागुपदार्थको सेवन, मांसाहारी मानिसहरु अनि चरित्रहीन विचार मुख्य थिए। यही कारण मानिसहरु परमसत्तासंग एकाकार गर्न सकिरहेका थिएनन् । उनीहरुको सोचाई विषाक्त बनिरहेको थियो। 

समाजलाई नशा खुवाउन सरकारनै लागिरहेको थियो। १०–१२ बर्षका बच्चाहरु धुमपान तथा मध्यपानमा लिप्त हुँदा पनि यसलाई नियन्त्रण गर्न सकिएको थिएन। यसैलाई नियन्त्रण गर्न करोडौैँ रकम भष्टाचार भैरहेको देख्दा देवताहरु रीसले चुर भए। तातो तेलमा उधोमुन्टो लगाउने इच्छा हुँदाहुँदै पनि चुपचाप बस्न बाध्य भए। जुन समाजमा न त भष्टाचार हुन्छ। न त चोरी तथा हत्या। 

अन्त्यमा, परमसत्ताले एउटा प्रस्ताव राखे। एउटा युगचेतनावान ऋषिलाई पृथ्वीमा आफ्नो चेतना अंशको रुपमा पठाउने। यस्तो युगचेतनावान ऋषिको जन्म भैसकेको परमसत्ताले जानकारी गराए। उनको उदेश्य नै सत्य धर्मको स्थापना, नशामुक्त समाज, मांसाहार मुक्त समाज, तथा चरित्रवान समाजको निर्माण गर्दै भय, भोक र भ्रष्टाचारमुक्त विश्व निर्माण गर्ने । तथा यस्तै चेतनावान, प्रकृतिसत्तासंग एकाकार गर्न सक्ने समाज निर्माण गर्ने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ