arrow

अभिनेत्री श्रीदेवीको निधन, बलिउड शोकमा

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
sridevi.jpg

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको आकस्मिक निधन भएको छ । ५४ वर्षीय श्रीदेवी दुबईमा एक विवाहमा जाँदै गर्दा अचानक हृदयाघात भइ निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । 

आइतबार विवाहमा सरिक हुँदै गरेकी श्रीदेवी पति बोनी कपूर र कान्छी छोरी खुशीसंगै थिइन् । 

उनकी ठूली छोरी जान्हवी कपूर मुम्बईस्थित घरमै रहेकी छिन् । उनलाई सान्त्वना दिनका लागि मानिसहरु पुगिसकेका छन् । 

१३ अगष्ट १९६३ मा तमिलनाडुमा जन्मिएकी श्रीदेवी १९७५ देखि बलिउडमा रहेकी छिन् । उनको डेब्यू फिल्म जुली हो । 

उनको अन्तिम चलचित्र सन् २०१७ को जुलाइ ७ मा रिलिज भएको ‘माँम’ चलचित्र हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ