arrow

सरसफाइ गर्न अनिवार्य शनिबार उपस्थितिको उर्दी  

logo
रमित बिक
प्रकाशित २०७४ फागुन १३ आइतबार
sarasafai1.jpg

बाजुरा । हप्ताको  शनिवार आयोकी हातमा ग्लोव अनि घैँटी वा कोदालो बोकेर नगरका गल्ली चाहार्नु बडमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाललको आजकाल दिनचर्या झैँ बनेको छ । 

शनिवार विहान नगरप्रमखदेखि सम्बन्धित वडाका वडाअध्यक्षले नगर सरसफाईमा अनिवार्य उपस्थिती हुनुपर्ने बाध्यकारी नियम बनाएका छन् । हप्तामा एक दिन अनिवार्य सरसफाई गर्दा सदरमुकामका गल्ली विगतको भन्दा केही सरसफाईयुक्त देखिएका छन् । 

“सदरमुकाम मार्तडी दिन प्रतिदिन दुर्गन्धीत बन्न थालेपछि  स्वच्छ नगर आफ्नो पहिलो प्राथमिकतामा परेको र सोही अनुसार  सरसफाई अभियानमा  आफैबाट सुरुवात गरेको हुँ ” नगरप्रमुख बडुवालले भने । 

उनले नगरपालिकाको साप्ताहिक कार्यसूची अन्तर्गत बडिमालिका नगरपालिका वडा नं ८ बजार क्षेत्र,जिल्ला स्वास्थ्य कार्यालय बाजुराको तल्लो छेउ र वडा नं। ९ को रजाली र जुगाडा जाने बाटो,नेपाल रेडक्रस सोसाईटीको परिसर सम्म सरसफाई गरिएको छ ।

“गन्धानालीका फोहर संकलन गर्न विल्चा लगाएर फोहर ब्यबस्थित गर्न हामी लागेका छौं होस्तेमा हैंसे गर्न तपाईहरुको पनि सहयोग चाहिएको छ बडिमालिका नगरपालिका वडा नं ९ का वडाअध्यक्ष विनोदकुमार  बिकले आग्रह गरे । 

नगरपालिकाका जनप्रतिनीनिधी र स्थानीय गैरसरकारी संघसंस्थाका प्रतिनिधि र स्थानीय युवाको बढी सक्रियता देखिएको छ । यात्रामा बडिमालिका नगरपालिकाका नगरकर्मचारीहरु भने सरसफाईमा देखिदैनन् । 

सरसफाई गरिने प्रत्येक शुक्रवार दिउसो नगर सफा राख्न सबैको सहयोग आवश्यक भन्दै माईकीङ्ग गर्ने गरिएको छ ।  शनिवार विहानै खुला मञ्चमा जम्मा भएर नियमित रुपमा सरसफाईमा जुटेका छौं मार्तडी पूर्ण सरसफार्य नहुञ्जेलसम्म हाम्रो अभियान जारी रहने  युएन ह्याविटेडका जिल्ला संयोजक शिवराज न्यौपानेले बताए ।  

नहर, नाली,खानेपानीका पाईप र नगर बाटो एकै ठाउमा छन् तर छताछुल्ल अवस्थामा छन् । पानी ब्यबस्थापन गर्न सदरमुकाम मार्तडीमा ४–४ वटा बृहत टंकी निर्माण हुँदैछन् भने सेलाघाटदेखि नाली निर्माण गर्न प्रक्रिया अघि बढेको छ । 

त्यस्तै सदरमुकामको बीच बजारमा  ६–६ मिटर चोडाई बाटो निकाल्न यति बेला अन्तिम नाप नक्सा हुन थालेको छ । प्रारम्भिक सर्वेक्षेण अनुसार सदरमुकाम मार्तडीको तुफान डाँडादेखि खलामञ्च र जिल्ला अस्पताल सडक खण्डका ६८ घर सार्वजनिक  बाटोमा रहेका छन् । 

तीनको ब्यबस्थापन गर्न दुर्गा सामाजिक तथा ईञ्जिनियरिङ्ग कन्सलटेन्सीलाई जिम्मा दिएको नगर प्रमुख वडुवालले बताउनुभएको छ । सम्भवतः अब चैतको पहिलो हप्ता तिर  सडक निर्माण प्रक्रिया अघि बढाईने बताईएको छ । 

आगामी ३ वर्ष भित्र सदरमुकाम मार्तडी स्वच्छ  सुन्दर पारिने छ भने नगरपालिकाका अन्य वडाको वस्ति स्तर उन्नती गर्न सडक सञ्जाल पानी लगायत भौतिक निर्माण कार्य तीब्र गतिमा अघि बढेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ